Motivate News

चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्बजनिक

काठमाडौँ – चलचित्र ‘तिमि हुन्छौ जहाँ जहाँ’ को ट्रेलर सार्बजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । असार ८ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ को ट्रेलरले प्रेम र विछोडको कथा बोलेको छ। पूर्ण रुपमा लभस्टोरि चलचित्रमा मनिष सुन्दर श्रेष्ठ, मलिना जोशी, स्वरुप पुरुष ढकाल, रबी गिरी, विश्व बस्नेत, तमन्ना केसी, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रमा वर्षा सिवाकोटी अतिथि भूमिकामा देखिने छिन् । बिकाश बस्यालको निर्देशन रहेको चलचित्रमा माधव शर्मा घिमिरेको संवाद तथा पटकथा रहेको यस चलचित्रमा रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको छ ।

मदन दवाडी, डालचन्द्र दवाडी र हरीप्रसाद अधिकारी निर्माता रहेको चलचित्र ‘तिमी हुन्छौ जहाँ जहाँ’ का कार्यकारी निर्माता प्रकाश बाँस्कोटा हुन् । विना कार्की सह(निर्मात्रीमा रहेकी छिन् । कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन, भुपेन्द्र अधिकारी र सालिक दुलालको सम्पादन, डेभिल भण्डारीको गीत रचना र अर्जुन पोखरेलको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र“‘मट्टमिाला”को “तिमी बाहेक” बोलको गीत सार्वजनिक

जेठ २५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मट्टमिाला’मा बुद्दिको यस्तै रोमान्टिक अवतार भएको ‘तिमी बाहेक’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । उक्त गीतमा बुद्दि र रजनीको रोमान्स देख्न सकिन्छ। चलचित्रमा समावेश उक्त गीतमा सुमन राई र अमृता लिम्बुको आवाज रहेको यो...