Motivate News

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

जेठ २०, पोखरा – अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् ।

म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे ।

विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आईतबार अन्नपूर्ण आधार शिविरदेखि घान्दु्रकसम्मको कूल ४२.१९५ किलोमिटरको दुरी रिमालले चार घण्टा १६ मिनेट ४८ सेकेन्डमा पूरा गरे । उनले रु एक लाख पुरस्कार पाए ।

यस्तै तामाङले चार घण्टा १७ मिनेट ४२ सेकेन्ड तथा श्रेष्ठले चार घण्टा २० मिनेट ३८ सेकेन्डमा उक्त दुरी पार गरे । तमाङले रु ७० हजार तथा श्रेष्ठले रु ५० हजार पुरस्कार पाए ।

त्यस्तै म्याराथनमा १० जनाभित्र रुपबहादुर बुढा, भूमिराज राई, अनिलकुमार वाइवा, दुर्गाराज बुढामगर, रुपलाल बुढामगर, शेरबहादुर थारु र दामोदर बुढामगर सफल भएका छन् । म्याराथनका कान्छा धावक घान्द्रुकका १६ वर्षीय अनिल गुरुङले ११आौँ स्थान हासिल गरे ।

अन्नपूर्ण आधार शिविरबाट शुरु भएको म्याराथन दौड माछापुच्छ्रे« आधारशिविर हुँदै देउराली, हिमालय, दोभान, बाम्बो, सिनुवा, छोम्रोङ, घुर्जुङ, टाढापानी, भैँसी खर्क हुँदै घान्दुकमा आई सम्पन्न भएको थियो । म्याराथनका विजेतालाई महोत्सवको तेस्रो चरणको कार्यक्रम समापन समारोहका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस्

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् । भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५...

सन्दीप लामिछाने सम्मिलित विश्व –११ टोलीलाई वेस्ट इन्डिजले ७२ रनले हरायो  

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...