Motivate News

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

रामेछाप – रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत ४० जना छात्र छात्रालाई शैक्षिक सामग्री वितरण गरेकी हुन ।

विगत ८ वर्षदेखी आफै पनि पत्रकारिता क्षेत्रमा सक्रिय रहदै आएकी के.सीले जेठ २० गते आइतबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टहल बहादुर कार्कीको सभापतित्वमा विद्यालयमा एक कार्यक्रम गरी २०७४ सालको परिक्षामा उत्तिर्ण भएका कक्षा १ देखी ९ सम्मका प्रथम, द्धितिय, तृतीय र सान्त्वना तथा जेहेनदार विद्यार्थीलाई कापी र कलम वितरण गरेकी हुन् ।

सोही विद्यालयमा कक्षा सातसम्म अध्ययन गरेकी उमा के.सीले बुबालाई गुमाएको समयमा घरमा आमाको आर्थिक अवस्था कमजोर हुदा अफुलाई कसैले एउटा कापि दिदा पनि निक्कै सहयोग पुगेको स्मरण गर्दै सानो सहयोगले विद्यार्थीहरुलाई हौसला मिलोस भन्ने उदेश्यले गत वर्षदेखी यस किसिमको शैक्षिक सामाग्री वितरण गर्दै आएको बताइन ।

धेरैजसो बालबालीका निजी विद्यालयमा पढ्न जानेको संख्या बढ्दै गइरहेकोे सन्दर्भमा गाउँको सरकारी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सानो पुरस्कारले पढाईमा प्रतिस्पर्धा गर्न अझ प्रेरित बनाउने उनको विश्वास छ ।

समाज सेवाका लागि सानो कामबाट सुरुवात गर्न सकिन्छ भन्ने उद्देश्य राखेर यो अभियानको सुरु गरिएको भन्दै उनले यसलाई पत्रकारिता क्षेत्रमा रहुन्जेल स्वर्गीय बुबाको सम्झनामा वर्षेनी शैक्षिक सामग्री वितरण कार्य जारी राख्ने प्रयासमा रहेको पनि जानकारी दिईन ।

आफुले पत्रकारिता गरेर कमाएको एक महिनाको तलबबाट बुबाको सम्झनामा शैक्षिक सामग्री किनेर वितरण गरेको बताइन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रम पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टहल बहादुर कार्कीले जिल्लामा पत्रकारिताको सुरुवात राजकुमार केसीले गरेर समाज सेवामा पु¥याएको योगदानको चर्चा गर्दै चुनौतिपुर्ण मानिएको पत्रकारिता पेसालाई समेत बुबाको हत्या पछि छोरीले दृढताका साथ निरन्तरता दिएको भन्दै विद्यालयको तर्फबाट धन्यवाद दिनुभयो ।

अध्यक्ष कार्कीले द्धन्द्धकालमा सेना र तत्कालिन माओवादीले केसी जस्तै अन्य पत्रकार तथा समाजसेवीहरुको हत्या गरेपनि सरकारले उनिहरुको परिवारलाई उचित संरक्षण गर्न नसकेको र उमा जस्तै छोराछारी अरुको सहारामा शिक्षा आर्जन गर्नुपरेको तितो यथार्थ सुनाउनुपर्दा दुःखद घटनाले अझै बढि पिडा सम्झाउने उल्लेख गर्नुभयो ।

छोरी उमाले शिक्षा आर्जन गर्ने क्रममा विगतका समस्यालाई सम्झेर आफै अध्ययन गरेको विद्यालयका भाई बहिनीप्रति देखाएको सद्भाव तथा शैक्षिक सामग्री वितरण आफैमा एतिहासिक कार्य भन्दै प्रशंसा व्यक्त गर्नुभयो ।

स्व।पत्रकार केसीको सम्झनामा गतवर्षदेखी छोरी उमाले गरेकोे यो अभियानप्रति स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक विनोद कुमार कार्कीले आगामी दिनमा विद्यार्थीको मनोवल उच्च राख्न तथा विद्यालयलाई सुधार गर्दै लैजाने शिलसिलामा पनि यस्तै युवाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

जिल्लामा रहेर पहिलोपटक राजकुमार केसीले राससमा संवाददाताका रुपमा पत्रकरिताको सुरुवात गरेका थिए । पत्रकार के।सी सहित अन्य ५ जनालाई २०५९ साल कार्तिक ७ गते शाहि नेपाली सेनाले रामेछापको भालुखोप डाँडामा गोली हानी हत्या गरेको थियो ।

बुबाको हत्यापछि छोरी उमा लगाएत ४ जना भाइहरुलाई साँघु साप्ताहिकका प्रकाशक गोपाल बुढाथोकी लगाएतले माध्यामीक तहसम्मको पढाइमा सहयोग गरेका थिए ।

स्नातक तहको पत्रकारिता अध्ययनका लागि भने अन्तर्राष्ट्रिय पत्रकार महासंघ अष्ट्रेलियाले सहयोग गरेको थियो । हाल उनि आफै काम गरेर कमाएको पैसाले शमाजशास्त्रमा स्नातकोत्तर तहमा अध्ययनरत छिन । साथै उमा आस्था न्युजमा पनि आवद्ध छिन ।

प्रतिकृया दिनुहोस्

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ । अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु...

सामाजिक सद्भाव विगारेको भन्दै लाखौँको मदिरा नष्ट, गाउँ गाउँमा नेकपाको हाइहाई

कालिकोट – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १० लाख बरावरको मदिरा जफत गरेको छ । मदिर बोकेर सुर्खेतबाट कालिकोटको सदरमुकाम मान्मा आउँदै गरेको ना १ ख १५०३ नम्बरको मालबाहक ट्रकबाट जफत गरि नष्ट गरिएको हो । गरेका छन् । सुर्खेतबाट कालिकोट आउँदै...

कालिकोटको सान्नित्रिबेणी गाउँपालिकामा ठुलो भ्रटाचार

कालिकोट – सान्नि त्रिवेणी गाउँपालिकामा ठुलो भ्रष्टाचारको आशंका गरिएको छ । २०७४ साल माघ १६ र १७ गते दिलबहादुर कठायत र केशव कठायत दुई दाजुभाईले राखेको स्वस्थ्य शिविरलाई देखाएर गाउँपालिका अध्यक्ष र कार्यकारी प्रमुखले भ्रष्टाचार गरेको आशंका गरिएको छ । सामाजिक सेवाका...