Motivate News

गायक आशिष गौतमको “आरोही पार्टीज कलेक्सन” अष्ट्रेलियामा

गायक आशिष गौतम “सचिन” गायनसँगसँगै विभिन्न व्यवसायमा सकृय छन् । नेपाल रहँदा सांगितिक विधामा आफुलाइ सकृय बनाउँदै आएका आशिषले नेपाल बाहिर रहँदा चाइना र अष्ट्रेलियामा आफ्नो विजनेसलाई अघि बढाउँदै आएका छन् । यो बीचमा पछिल्लो पटक आशिषले अष्ट्रेलियामा फेशन कलेक्सन सम्बन्धि व्यवसाय सुरु गरेका छन् ।

मुख्यतः महिलाहरुको फेशन तथा ड्रेस कलेक्सनलाई मध्यनजर गर्दै “आरोही पार्टीज कलेक्सन” नाममा आशिषले फेशन ब्राण्ड सम्बन्धि नयाँ विजनेस सुरु गरेका हुन् । यसअघि चाइनामा रहेर उनले लामो समयदेखि फर्निसिङ सम्बन्धी व्यवसाय गर्दै आइरहेका छन् । सिड्नी शहरमा रहेर कुनै पनि नेपालीले फेशन विधामा सुरु गरेको विजनेसलाई आशिषले पहिलो दाबी गरेका छन् ।

पार्टीज कलेक्सनलाई ध्यानमा राखेर आफ्नै छोरीको नाममा ओपनिङ गरिएको आरोही कलेक्सनमा विशेषतः महिलाहरुको लागी पार्टी सम्बन्धि ड्रेस, ब्यागसँगै आर्टिफिसियल ज्वेलरीहरु उपलब्ध हुने उनले बताए । गयन तथा सांगितिक विधालाई सोख मान्ने आशिषले व्यवसाय आफ्नो मुख्यः पेशा मान्छन् ।

गीत गाउने सानो उमेरदेखिको मेरो सोख हो, सुरुवातमा गायनविधामा स्थान नपाउँदै गर्दा कोरियोग्राफीलाई समेत अघि बढाएँ, आशिषले भने, अब भने नेपाली गीत संगीत क्षेत्र र यो सँग जोडिएका व्याक्तित्वहरुसँग केहि नजिक छु, आजको दिनमा गायन क्षेत्रमा सकृयता बढाउन थप हौसला मिलेको छ ।

आशिषको स्वरमा पछिल्लो पटक मेरो हरपल तिमी बोलको गीत रिलिज भएको थियो । गीत पछिल्लो पुस्ताका धेरै दर्शक श्रोतामाझ लोकप्रिय छ । भिम बिसीले संगीत भरेको उक्त गीतको भिडियोमा आकाश श्रेष्ठ र मरिस्का पोखरेल फिचर छन् ।

गायन र व्यवसायसँगै आशिष उर्फ सचिन हाल एनआरएन चीनका कार्यसमिति सदस्य पनि हुन् । व्यवसायको कुरालाई थप जोड्दै उनले सिड्नीमा खोलिएको उक्त कलेक्सनमा आगामी दिनमा चीन, हङकङ, ताइवान, भियतनाम र थाइल्याण्डबाट समेत प्रोडक्टहरु आयात गरि व्यवसायमा स्थानिय नेपाली समुदायबीच नयाँ आयाम ल्याएको सिड्नी आसपास बसोबास गर्दै आएका नेपालीहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस्

यो पागल मनको ‘मार्यो, मार्यो मायाले’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

काठमाडौँ – बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, एनि कुवर,गौरी मल्ल,राजेश ढुगानाको मुख्य अभिनय रहेको यो पागल मनको मार्यो, मार्यो मायाले मार्यो बोलको गीत युटयुब मार्फत सार्वजनिक गरिएको छ। लब स्टोरी जनरामा निर्माण गरीएको चलचित्रको यो पागल मन लाई कल्याण अधिकारीले निर्माण तथा...

गायक हरिश माथेमाको नयाँ गीत “साथि हो या संगी” हेर्नुहोस् भिडियोमा

काठमाडौँ – पुराना गायक हरिश माथेमाको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । लामो समयको ग्याप पछि हरिश माथेमाको नयाँ भिडियो सार्बजनिक भएको हो। सार्बजनिक गीतमा छुर्चिल थापाको शब्द सुबर्ण लिम्बुको संगीत रहेको छ । मिना लामा र प्रशान्त दुवालको अभिनय रहेको...

दिपाले आफैँले बोकीन् धर्म ‘बा’ लाई (हेनुहोस् भिडियो)

जेठ ३०, काठमाडौं । बरिष्ठ कलाकार भिमबहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि छाती, फोक्सो लगायत समस्याबाट पीडित उनको गएराती २ बजे आफ्नै घरमा निधन भएको हो । निधन भएसँगै अहिले उनको अन्तिम श्रृद्धाञ्जली गर्नका लागी उनको पार्थिव...

चलचित्र “नालापानी” छायांकन हुँदै

काठमाडौँ – यतिबेला ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को भव्यरुपमा छायांकन भईरहेको छ । अहिले “नालापानी” यूनिट चितवनको ऐतिहासिक स्थान “उपरदाङ्ग गढी”मा छ । एक सातादेखी छायांकन भईरहेको र अझै एक हप्ताको छायांकन पछि यूनिट राजधानी फर्किने निर्देशक रिमेश अधिकारीले बताए । “उपरदाङ्ग गढी”को...