Motivate News

वर्ल्डकप फिभर : कुन नेता देशको कुनसमर्थनमा

जेठ २६, काठमाडौं – विश्वकप फुटबल संसारभर सर्वाधिक हेरिने प्रतियोगिता हो । फुटबलको यो महाकुम्भ सुरु हुन अब ५ दिन मात्र बाँकी छ । विश्वभरबाट छनोट चरण पार गर्दै ३२ देशले रसियामा हुन लागेको विश्वकपमा प्रतिस्पर्धा गर्दै छन् ।

भौगोलिक रूपमा प्रतियोगितास्थल नेपालबाट झन्डै ५ हजार किलोमिटर टाढा भए पनि विश्वकपको रौनकले नेपाललाई पूरै छोएको छ । त्यहाँ बर्सिने गोलले विश्वका दूरदराजसम्मका दर्शकको मुटुको धड्कन बढाउँछ । प्रतियोगिताको पूर्वसन्ध्यामा संसारभरका कैयौँ दर्शक आ–आफ्ना देशको समर्थनका लागि रुस पुग्ने तरखरमा छन् ।

उनीहरूले एक महिनाअघि नै आफ्नो सिट सुरक्षित गरिसकेका छन् । अन्य करोडौँ दर्शक घर–टोलमै रहेर टेलिभिजनको पर्दामा आफूलाई मन पर्ने टिमको समर्थनमा हुटिङ गर्ने तयारीमा छन् । विश्वकपमा कसले जित्छ भन्दै बाजी लगाउनेको संख्या पनि विश्वमा कम छैैन ।

नेपालमा विशेष गरी काठमाडौंलगायत सहरी क्षेत्रमा मन पर्ने टिमको जर्सी किन्नेको भिडभाड देखिन्छ । विश्वकपकै लागि नयाँ टेलिभिजन किन्ने पनि भेटिन्छन् । विश्वकपले सबै क्षेत्रका व्यक्तिको ध्यान मस्कोतिर तोनेको छ । विभिन्न क्षेत्रका सेलेब्रिटीले नयाँ पत्रिकासँग विश्वकप योजना सुनाएका छन् :

विद्यार्थीदेखि पाका नेतासम्ममा फुटबल क्रेज

विश्वकपले पाका नेतादेखि स्कुले विद्यार्थीसम्मलाई छोएको छ । कलाकारदेखि व्यापारीसम्मका बीचमा विश्वकपका नतिजाबारे अड्कलबाजी सुरु भएका छन् । सामाजिक सञ्जालमा विश्वकपकै बहस छ ।

विश्वकप लाइभको आनन्द लिन कतिपयले घरमै प्रोजेक्टर जोड्ने तयारी पनि गरेका छन् । नेकपाका नेता झलनाथ खना, कांग्रेस नेता रामचन्द्र पौडेलले घरकै टिभीमा विश्वकप हेर्ने योजना बनाएका छन् ।

राप्रपा नेता कमल थापाले भने नकआउट चरणका खेल प्रोजेक्टरमा हेर्ने तयारी गरेका छन् । गायक राजेशपायल राईले पनि केही दिनमै घरमै प्रोजेक्टर जोडेर विश्वकपको आनन्द लिने योजना बनाएका छन् ।

बढ्यो जर्सीको व्यापार

विश्वकप प्रतियोगिता नजिकिदै गर्दा नेपालमा ब्रान्डेड पसलदेखि फुटपाथसम्म जर्सीको व्यापार फस्टाएको छ । साहस स्पोर्टस्का सञ्चालक जनक न्यौपानेले पछिल्ला चार विश्वकपयता विभिन्न टिमका जर्सी व्यापार गर्दै आएका छन् ।

अघिल्लो विश्वकपमा सर्वाधिक जर्सी बिकेको उनको अनुभव छ । यसपटक पनि व्यापार कम छैन । अहिले जर्सी बेच्ने पसल बढेकाले एउटै पसलमा व्यापार कम भएको, तर समग्रमा पहिलेभन्दा बढेको उनको बुझाइ छ ।

यसपटक जर्मनीको जर्सी सबैभन्दा बढी बिकेको छ । दोस्रोमा अर्जेन्टिना र तेस्रोमा ब्राजिलको जर्सी बिकेका छन् । एसियाली देशको हकमा जापानको जर्सी बढी बिकेको न्यौपानेले बताए । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ ।

प्रतिकृया दिनुहोस्

स्वीडेनद्वारा दक्षिण कोरिया १-० ले पराजित

काठमाडौं – विश्वकप समूह ‘एफ’ को दोस्रो खेलमा स्वीडेनले दक्षिण कोरियालाई हराएको छ । ६५ औं मिनेटमा पाएको पेनाल्टी गोलमा परिणत गर्दै स्वीडेनका कप्तान एन्डे्रस ग्रान्कभिस्टले महत्वपूर्ण तीन अंक जोडे । जर्मनी बेल्जियमसँग स्तब्ध बनेपछि समूह ‘एफ’ का स्वीडेन र दक्षिण कोरिया...

अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका रिमाल प्रथम

जेठ २०, पोखरा – अन्नपूर्ण म्याराथनमा नेपाली सेनाका हरिकुमार रिमाल प्रथम भएका छन् । म्याराथनमा नेपाली सेनाकै पूर्ण तामाङ र होमलाल श्रेष्ठ क्रमशः द्वितीय र तृतीय स्थान हासिल गरे । विश्वकै १० उत्कृष्ट पदमार्गका रुपमा ख्याति कमाएको अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत आईतबार अन्नपूर्ण...

सन्दीप लामिछाने सम्मिलित विश्व –११ टोलीलाई वेस्ट इन्डिजले ७२ रनले हरायो  

जेठ १८, काठमाडौं – अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिलको विश्व – ११ टोलीलाई मैत्रीपूर्ण टि-ट्वान्टी खेलमा वेस्ट इन्डिजको राष्ट्रिय टोलीले ७२ रनले पराजित गरेको छ । नेपालका युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित विश्व–११ ले दुई सय रनको विशाल योगफल पछ्याउने क्रममा १ सय २७...

आईपीएल क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जित्यो

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ११ औं संस्करणको उपाधि चेन्नाई सुपर किंग्सले जितेको छ । वानखेडे मैदानमा आइतबार राति भएको फाइनल खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नाईले २० करोड भारुसहित उपाधि जित्न सफल भयो । । टस हारेर व्याटिङ गरेको...