Motivate News

सडक मिचिएका संरचना भत्काउँदै सडक विस्तार

भक्तपुर, २८ जेठ – दैनिक सडक जाम हुन थालेपछि सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिरसम्म जाने सडकको अतिक्रमित संरचना हटाउँदै सडक विस्तार कार्य शुरु गरिएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ८ का वडाध्यक्ष किरण थापा र वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुको पहलमा अतिक्रमित सडकका संरचना भत्काएर सडक विस्तार कार्य शुरु गरिएको हो ।

दुईवटै वडाको सिमानामा पर्ने उक्त सडकको मापदण्डभित्र पर्ने स्थानीयवासीका घरका पर्खाल, पेटी र टहरा भत्काउन शुरु गरेको वडा नं ८ का वडाध्यक्ष किरण थापाले जानकारी दिनुभयो ।

केहीदिनभित्रै संरचना भत्काएर सडकलाई फराकिलो बनाउने र सूर्यविनायक चोकदेखि सूर्यविनायक मन्दिर प्रवेशद्वारसम्मको सडकलाई फराकिलो बनाउने उहाँले बताउनुभयो ।

एक महिना अगाडि स्थानीयसँग छलफल गरी स्थानीय बासिन्दालाई सडक मापदण्डभित्र पर्नेहरुले आफ्नो कम्पाउण्ड पर्खाल भत्काउन, टहरा हटाउन सूचना जारी गरेपछि पनि स्थानीयवासीले नहटाएकाले वडा कार्यालयले आफैँ भत्काउन थालेको हो । यद्यपि सडक मापदण्डभित्र परेका घर भने तत्काल नभत्काइने बताउँदै अध्यक्ष थापाले घरको उचित मुआब्जाको व्यवस्था गर्न माग गर्ने बताउनुभयो ।

वडा नं ६ का वडाध्यक्ष रामेश्वर ध्वजुले हाललाई स्थानीयवासीका घरलाई क्षति नपुगोस् भनी बलियो गरी बनाइएको भ¥याङ, पेटीलगायतका अरु संरचना घरधनी आफैँले सात दिनभित्र भत्काउने गरी कागज गरेको बताउनुभयो ।

सडक फराकिलो बनाएपछि सडकको गाभ्रेल गरिने भएको छ । साथै सात मिटर सडकलाई विस्तार गरी १४ मिटर फराकिलो सडक बनाउने गरी सडक विस्तार आयोजनाले डिपिआर तयार गरिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु

असार ५, चितवन – भरतपुर महानगरपालिका वडा नं १० हाकिमचोकस्थित पूर्वपश्चिम लोकमार्गमा मंगलबार बसको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ग१ख १९७३ नंको बसले ना१३प ६७१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा...

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

वरिष्ठ स्नायु विशेषज्ञ डा. देवकोटाको दाहसंस्कार सम्पन्न

असार ५, काठमाडौँ – वरिष्ठ स्नायु रोग विशेषज्ञ डा. उपेन्द्र देवकोटाको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । त्यसअघि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले देवकोटाको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएर राष्ट्रका तर्फबाट सम्मान व्यक्त गरेका थिए ।...

डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी निधन

असार ५, नेपालगञ्ज – नेपालगञ्जको सिंग्नेट कृष्णा होटलमा गएराति पत्रकार अनुपासिंह राजवंशीको निधन भएको छ । होटलले आयोजना गरेको स्विमिङ पुल डान्स पार्टीमा साथीहरुसँग डान्स गर्ने क्रममा लड्नु भएकी पत्रकार राजवंशी स्थानीय नेपालगञ्ज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले...