Motivate News

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइनः नेता दाहाल

चितवन, २९ जेठ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद दाहालले भन्नुभयो, “जनमुखी योजना धेरै आउँदैछन्, पहिलो गियर लगाइएको छ र उडान भर्दै जान्छ ।”

राष्ट्रिय जनता पार्टी (राजपा) सरकारमा आइहाल्ने निर्णय भएको छैन भन्दै उहाँले छलफल चलिरहेको बताउनुभयो । फौज्दारी अभियोग लागेका सांसद्लाई नियमावलीमा छुट दिइए पनि ऐनमा निलम्बन नै शब्द राख्ने कुरामा दलबीच सहमति भइसकेको पनि अध्यक्ष दाहालले बताउनुभयो । “जनतालाई कुरा बुझाउन नसक्दा नियमावलीको विषयमा मतभेदजस्तो देखिए पनि नियमावलीको भाषा निलम्बनबाहेक अरु अर्थ लाग्ने खालको छैन”, उहाँले भन्नुभयो ।

काम नगर्ने ठेकेदारलाई सरकारले कडाइपूर्वक कारवाही गर्ने प्रष्ट पार्दै अध्यक्ष दाहालले भन्नुभयो,“म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ती ग¥यो भने कारवाही हुन्छ ।” सो सन्दर्भमा मिडियामा आएका विषयमा असन्तुष्टि व्यक्त गर्दै उहाँले कहिलेकाहीँ मिडियामा उल्टोपाल्टो आउने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मिडियाले आफ्ना लागि कोड अफ कन्डक्ट आफँै बनाउनुपर्ने आवश्यकता बनेको छ । तपाईंहरु आफंैँले कोड अफ कन्डक्ट बनाउनुहोस् । प्रेसको पनि मूल्य, मान्यता र आचारसंहिता हुन्छ, त्यो कुरा प्रेसले नै निधो गरोस् । ”

अध्यक्ष दाहालले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको बताउनुभयो । एउटै पार्टीका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष हुनुहुन्न भन्ने विषयको अर्को प्रसङ्गमा उहाँले सभामुख, उपसभामुख हुनुभन्दा अघि उहाँहरु पार्टीमा रहे पनि अहिले कुनै पनि पार्टीमा नरहेको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...