Motivate News

काँग्रेस महाधिवेशन छिट्टै गर्न माग

विराटनगर, ३० जेठ – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टीको १४ औँ महाधिवेशन छिट्टैै गर्नुपर्ने बताउनुभएको छ ।

कोइराला निवासमा आज पत्रकारसँगको भेटघाटमा उहाँले पार्टीको महासमितिको बैठकमा विधान पारित गरेर महाधिवेशनको प्रक्रियामा जानुपर्ने औँल्याउनुभयो । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले सहमति र विधान नमान्ने गरेको आरोप लगाउँदै पार्टी एक ढिक्का हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले सरकारविरुद्ध आन्दोलन गर्ने बेला नआएको स्पष्ट पार्दै तर मुलुकमा दण्डहीनता बढेको आरोप लगाउनुभयो । प्रादेशिक संरचना भएका मुलुकका प्रधानमन्त्रीले कहीँ पनि प्रदेशको संसद्लाई सम्बोधन नगर्ने गरिएको बताउँदै नेता डा कोइरालाले प्रधानमन्त्रीले प्रदेशको संसद्लाई सम्बोधन गरेर अलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाउनुभयो ।

उहाँले सातै प्रदेशका लागि संघीय सरकारले कूल बजेटको नौ प्रतिशत मात्र छुट्याएकाले प्रदेशको विकास निर्माण प्रभावित हुने धारणा प्रकट गर्नुभयो । पत्रकारको जिज्ञासामा उहाँले कार्यकारी राष्ट्रपति राखेमा मुलुक अधिनायकवाद तथा निरंकुशता रसर्वसतावादतर्फ अग्रसर हुने सम्भावना व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...