Motivate News

न्यायमूलक समाज निर्माण गर्नेमा मन्त्री थापाको जोड

भक्तपुर, ३० जेठ – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले अहिलेको स्थिर सरकारले देशलाई आर्थिक, विकास र सामाजिक रुपमा समृद्ध बनाउँदै न्यायमूलक समाज निर्माण गर्ने बताउनुभएको छ ।

आज गठ्ठाघरस्थित आस्था महिला विद्यालयको दशौँ वार्षिकोत्सवमा उहाँले संविधानको मर्मलाई पूर्ण रुपमा कार्यान्वयन गर्न सबै जनताको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । जनताको साथ र सहयोग रहेमा आगामी पाँच वर्षभित्र सरकारले सजिलै देशको आमूल परिवर्तन गर्दै आर्थिक र सामाजिक रुपमा देशलाई समृद्ध बनाउन सक्ने जानकारी दिनुभयो ।

शिक्षा मन्त्रालयका उपसचिव बद्री पौडेलले महिलाले स्थापना गरेको यो विद्यालय नमूनाका रुपमा अगाडि बढेको चर्चा गर्नुभयो ।

पूर्वसभासद् केदार सञ्जेल, मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, विद्यालयकी प्रिन्सिपल पार्वती ज्ञवाली लगायतले पढाइ छाडेर वा पढाइबाट वञ्चित भएर बसेका महिलाका लागि यो विद्यालय बरदान साबित भएको चर्चा गर्नुभयो ।

त्यस अवसरमा विद्यालयले प्रकाशित गरेको ‘आस्था’ स्मारिका लोकार्पण गर्नुका साथै विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री ओली बेइजिङमा

असार ५, बेइजिङ – प्रधानमन्त्री केपी शर्मा ओली छ दिने औपचारिक भ्रमणका क्रममा मंगलबार चीनको राजधानी बेइजिङ पुगेका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा गएका प्रधानमन्त्री ओलीलाई चीनको विदेश मन्त्रालयका सहायक मन्त्री झुयाङ हान हुईले बेइजिङस्थित क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा...

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा...

प्रधानमन्त्रीको चीन भ्रमण अाज : को–को जादैंछन् ?

काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार बिहान जम्बो टोली लिएर उत्तरी छिमेकी चीनको भ्रमणमा जाँदै छन् । सरकारी र निजी क्षेत्रका प्रतिनिधि गरी एक सय १९ जना प्रतिधिनि लिएर उनी निजी एयरलाइन्स कम्पनीको विमानमार्फत चीन जान लागेका हुन् । ओलीसँगै ४८...

चीनसँग रेलवे सम्झौता हुँदै, पारवहन तथा यातायातको प्रोटोकल अर्को महिना टुंगिने

असार ५,काठमाडौं –  प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा ऊर्जा सहकार्य र रेलमार्ग निर्माणको महत्त्वपूर्ण सम्झौता हुने भएको नयाँ पत्रिका दैनिकमा खबर छ । केरुङ–काठमाडौं, काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेसम्बन्धी सम्झौता हुनेछ । यातायात तथा पारवहन सम्झौताको...