Motivate News

पढाई भनेको पैसाकै लागि हो त ? (एक पटक पढ्नै पर्ने लेख रचना)

– रमेश लामिछाने
“मामा मलाई स्कुल छुट्यो, स्कुल छुट्यो भनेर किन भनेको होला सबैले ? जो आए नि कतिको पढ्छ्यौ भनेर सोध्छन् भन्या। हस्पिटल को बेड मा बसेर भान्जी आयुषा ले गरेको यो प्रश्न ले म झस्किएँ । सानो दुर्घटना ले उनी चाबहिल को ॐ अस्पतालमा उपचाररत थिइन् । ५ बर्से बच्चि को यो प्रश्न को उत्तर सजिलै थियो ठुलो मान्छे बन्न नि । पढेन भने दुख पाइन्छ नि त त्यसैले । भान्जी लाई सहज उत्तर दिएँ तर म भने आफ्नै उत्तर ले आफैं संतुष्ट भइन। म सानो हुँदा देखि नै मैले बुझेको र यो समाज ले आज सम्म सिकाएको कुरा यहि थियो कि आफ्नो भबिस्य मा राम्रो काम पाइयोस् र दुख नपरोस् भनेर पढ्ने हो।

शिक्षा का क्षेत्रमा विभिन्न बिद्द्वान हरुको परिभाषाहरुले शिक्षा जिबन का लागि हुनुपर्ने, शिक्षाले मानिस को ब्यबहार मा परिवर्तन ल्याउनु पर्ने र शिक्षाले सामाजिक रुपान्तरण मा भुमिका खेल्नुपर्ने जस्ता तर्कहरु दिएको पाइन्छ। साँच्चै आजका शिक्षित मानीस खुशी र सुखी छन् त ? यो विषय गहन र बिचरणिय पक्कै छ ।
एउटा बच्चा लगभग ३–५ बर्ष को उमेर मा बिध्यालय प्रवेश गर्छ । त्यतिबेला उसलाई न त शिक्षा को महत्त्व को बारे न केहि जानकारी हुन्छ न त स्कुल जानू को उदेश्य नै। खाली बुबा आमा ले स्कुल जानुपर्छ भनेको भएर वा अरु आफ्नै उमेर का साथीहरू गएको देखेर जानुपर्छ भन्ने भावना ले प्रोत्साहन गरेर उ स्कुल जान का लागि तयार हुन्छ । त्यसो त यो उमेर पार गरेर केही परिपक्व भएका बालबालिका समेत स्कुल जान नमान्ने , भाग्ने, लुक्ने र स्कुल जाने समय मा रुने गरेका गुनासा हरु थुप्रै सुनिन्छन्। यसको पछाडी विभिन्न कारणहरु हुन सक्छन् । तर मुख्य कारण भनेको बिध्यालय ले ती बालबालिका लाई आकर्शित गर्न नसक्नु नै हो ।

हाम्रो विषय यहाँ यो समस्या भन्दा पनि पढ्ने के का लागि र कस्ता उदेश्य राखेर पढ्छन् मानिसहरु हो। कति मानिस हरु ती उदेश्य प्राप्त गर्न सफल भए र बीचमै बिद्यालय छोडने हरु के साँच्चै असफल छन् त ? यिनै प्रश्न हरुको उत्तर खोज्नु हो ।
आम नेपाली अबिभाबक हरु मा आज ठुला भनिने र नाम चलेका बोर्डिङ स्कुलमा आफ्नो बच्चा भर्ना गर्दा राम्रो पढ्ने र सफल हुने बिश्वास पाइन्छ। अझ भनौं पछिल्लो समय जतिसुकै शुल्क बढेको भनिएपनी महँगा स्कुलमा छोराछोरी पढाउने चलन प्रतिस्पर्धा कै रुपमा नेपाली समाजमा चलेको देखिन्छ । तर के ती बालबालिका ले साँच्चै आफ्नो भबिस्य सुनिस्चित गर्न सक्ने ज्ञान लिएका छन् त त्यहाँ बाट ? वा उनिहरु भौतारिरहेका छन् आफ्नो ८०%  माथी को सर्टिफिकेट बोकेर कन्सलटेन्सि हरु मा। हामि धेरै स्कुलहरु मा रास्ट्रिय गान बजाउँछौ  `एस्सेम्बलि´ समयमा र पढाउँछौ रास्ट्रियता को पाठ दिनभर। एउटा बिध्यार्थी ले सिक्ने यस्ता राष्ट्रियता का पाठहरु +२ सकेर बागबजार र पुतलीसडक का सडकहरु मा भौतारिँदा बिलाउछ त्यो भावना, गायब हुन्छ तनाब र बितृस्णा बनेर ।

ठुलो झोला बोकेर त्यो झोला जस्तै सपना बोकेका कति विद्यार्थी हरुले बीचमै पढाई छोड्न बाध्य हुनु परेको अर्को तितो यथार्थ पनि हामी माझ छँदैछ। सहरी क्षेत्रमा कक्षा १० सम्म पुगेका छोराछोरी को झोला बोकेर बिधालय पुर्याउन आउँछन् अबिभाबक हरु। जब त्यहि बिध्यार्थी स्कुल छोडेर उच्च शिक्षा अध्ययन मा लाग्छ नि तब उसलाई लाग्छ सन्सार को सब्से दुखी मान्छे मै हो। अझ आफैं कमाएर उच्च शिक्षा हासिल गर्नुपर्ने बाध्यता भएका हरुका लागि त “यो घाँटि को हाड बन्न पुग्छ, न निल्नु न ओकेल्नु।

सन्सार मा के डिग्री लिएका मान्छे मात्र सफल छन् तरु पक्कै छैनन् । हाम्रा आम नेपाली अबिभाबक ले राख्ने अपेक्षा जस्तै यदि बिधालय शिक्षा लाई जागीर खाने वा प्रतिस्पर्धात्मक बजार मा अब्बल ठहरिइ सुखी जिबिकोपार्जन गर्ने उदेश्य संग मात्र जोड्ने हो भने बिधालय शिक्षा बेकार लाग्न सक्छ। दुनियाँ का उच्च वर्गीय धेरै ब्यक्ति हरु डिग्री ले भन्दा मेहनत, सहनसिलता, लगनशीलता र आत्मबिस्वास ले सफल भएका छन् । यो पुजीवादी समाज का धेरै सम्राट हरु ‘युनिभर्सिटी ड्पआउट’ छन् । उदाहरण का लागि बिल गेट्स , थोमस अल्बा एडिसन् , स्टिभ जब्स, मार्क जुकर्बग लाई लिन सकिन्छ । यी सबै डिग्री बिनाका सफल र बिश्व मा आफ्नो प्रभुत्व जमाएका नामहरु हुन् । अझ नजिकको उदाहरण अलिबाबा डट कम का संस्थापक भनेर चिनिने चीनिया नागरिक ज्याक मा लाई लिन सकिन्छ । १० चोटि बिश्वबिधालय ले रिजेक्ट गरेका उनी त्यस्ता अभागी ब्यक्ति बने जस्ले आफ्नो पहिलो जागिर का लागि दिएको निबेदन मा निबेदक मध्य एकमात्र रिजेक्टटेड उम्मेद्बार बने। थुप्रै यस्ता उतारचढाव पार गर्दै उनी आज त्यति ठुलो कम्पनी को मालिक हुँदै बिश्व धनाड्य को सुचिमा छन् ।

के त समाधान ? स्कुल नजाने ?

पक्कै होइन । केही मानिस डिग्री बिना नै सफल भए भन्दैमा सबैले त्यो सिको गर्नु ठुलो भुल हुनेछ । शिक्षा त आखिर मानिसलाई जुनसुकै परिस्थिति मा पनि चाहिन्छ । बस् यस्को लक्ष्य राम्रो जागिर खानु मा सिमित नभइ जिबन र बिश्व परिबेश सुहाउँदो सभ्य नागरिक उत्पादन गर्न समेत हुनुपर्दछ। यसको लागि शिक्षा प्रणाली मा आमूल परिवर्तन भइ प्राबिधिक र ब्यबहारिक शिक्षा लाई सहज बनाइनु पर्छ। ताकी कुनै शिक्षित युबा बेरोजगार नबसोस् वा +२ को मार्क्ससिट हतार हतार निकालेर पुतलिसडक बागबजार तिर बिदेसि भाषा पढ्न जान नपरोस् ।

प्रतिकृया दिनुहोस्

यस्ता छन् रवीन्द्रका ९ मुक्तक …

१) आसुँ र पानी संगै राखे चिनिन्न आसुँ र पानी नपरे सम्म आफैलाई चिनिन्न मान्छेको वानी संगै खाँदै पिउँदैमा नचिन्ने रहेछ मान्छेहरुलाई छलकपट र स्वार्थले नै विग्री रहेछ राजधानी। २) छोडेर मेरो कुरा अरुको किन नि सुनेर तिम्रो कुरा आउँछ रुन नि...

गजल : आईरह्यो कति बाकस भित्र कतार भएर

गजल जुटौ एक अर्काको दरकार भएर किन उभिन्छौ बेकारमा पर्खाल भएर सोचेथेँ आउँछौ तिमी पलेटी कस्न आयौ हुरी वनेर आएनौ प्यार भएर राम्रो के नराम्रो के छुट्याउनै गाह्रो भो आयो ताली वाहवाह पनि व्यापार भएर हिजोआज निस्केका चल्लाहरु पनि आयो सगरमाथामा पुग्ने...

रवीन्द्र आशिष शैलीका ९ मुक्तकहरु

१) दाउरा सुरुवालमा तुनाको महत्व छ फूल फूल्नु अधि मुनाको महत्व छ सानो भनेर नगर्नु है हेला कसैले पनी हाती तर्साउने भुसुनाको पनि महत्व छ। २) माया भएर के गर्नु जताउन सकिन मनमा थिए कुराहरु वताउन सकिन देख्छु सपनीमा सिरानी संगै वसेको...

भरत बम ‘रणबीर’ लेख्छन, ‘केपी ओलिको सामाजिक दलाल पुँजीवाद’

काठमाडौँ – नेपाली पात्रो अनुसार २०७५ को सुरु आत भएको छ । देशमा वाम गठबन्धनको कथित दुईतिहाइ बहुमतको सरकार छ र यसको नेतृत्व केपी ओलीले गरिरहेका छन् । हरेक नेपाली प्रधानमन्त्रीका लागि दिल्ली दाहिना (सकारात्मक) हुनुपर्ने परम्परालाई निरन्तरता दिँदै भारत भ्रमण गएर...