Motivate News

पहिरो खस्दा विद्यालयमा भौतिक क्षति

असार ३, बागलुङ – गएराति खसेको पहिरोले जैमिनी नगरपालिका–१० राङ्खानीस्थित जनता माविका चार वटा कक्षा कोठामा क्षति पुगेका छन् ।

चारकोठे पक्की भवनको तीन कोठा र अर्को “ट्रष्ट” भवनको एक कोठा पहिरोले पुरिएको विद्यालयले जनाएको छ । कोठासँगै प्रवेशद्वार र पर्खालमा पनि पूर्णरुपमा क्षति पुगेको प्रधानाध्यापक शंकर थापाले बताए ।

पहिरोका कारण करीब रु ५० लाखबराबरको भौतिक क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । पढाइ प्रभावित हुने गरी कक्षा कोठा नै पुरिएपछि विद्यालयले दुई दिनका लागि विद्यार्थीलाई बिदा दिएको छ । “प्रहरी मुचुल्का र क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने काम भएको छ”, प्रअ थापाले भन्नुभयो, “विद्यालयलाई ठूलो क्षति पुगेपनि पठनपाठनका लागि वैकल्पिक व्यवस्था गरिने छ । ”

क्षति पुगेका कक्षा कोठामा कक्षा ११ को विज्ञान र व्यवस्थापन विषयको पढाइ हुँदै आएको थियो । दुईकोठे ‘ट्रष्ट’ भवनमा रहेको स्रोत केन्द्रको कार्यालयमा पनि पूर्ण क्षति भएको छ । शनिबार दिनभरको वर्षापछि राति साढे १० बजे आएको पहिरोले विद्यालय पुरेको सोही विद्यालयका शिक्षक नवीनप्रताप जिसीले बताउनुभयो । विद्यालयमाथिको पाखो धस्सिएर पहिरो खसेको उहाँको भनाइ थियो ।

पहिरोले विद्यालय भवनसँगै स्थानीय प्रेमबहादुर थापाको गोठमा पनि क्षति पु¥याएको छ । पहिरोबाटै पशुचौपायाको जीवितै उद्धार गरिएको थियो । वर्षाले जिल्लाका अन्य ठाउँमा पनि क्षति पु¥याएको छ । गलकोट नगरपालिका–१ दुदिलाभाटीका भीमबहादुर श्रीसको परिवार पहिरोका कारण विस्थापित हुने अवस्थामा छ । वर्षाले कतिपय ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

प्रतिकृया दिनुहोस्

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव

असार ३१,चितवन – वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरु बताउँछन् । चितवनको भरतपुर अस्पतालका फिजिसियन डा भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण...

धेरैजसो महिलाहरूमा पाठेघरको समस्या किन हुन्छ ? कस्तो भन्छन डाक्टर

असार ३१, काठमाडौं –लमजुङको सुन्दरबजारका धेरैजसो महिलाहरूमा पाठेघरको समस्या देखिएको छ। अल्का अस्पताल र एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले सुन्दरबजारमा गरेको नि:शुल्क स्वास्थ्य शिविरमा त्यस क्षेत्रका धेरै जसो महिलाहरूमा पाठेघरको समस्या देखिएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर नुतन शर्माले जानकारी दिइन्। २...

बाढीका कारण रोगको प्रकोप फैलन सक्ने भन्दै सतर्क रहन निर्देशन

असार २९, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी, पहिरो र डुबानबाट हुने स्वास्थ्य समस्या समाधानका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बाढी, पहिरो र डुबानबाट रोगको प्रकोप फैलन सक्ने भन्दै...