Motivate News

त्रिभुवन विश्वविद्यालयले अनलाइनमार्फत परीक्षा फाराम भराउने

असार ३, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले यसै शैक्षिक सत्रदेखि स्नातक प्रथम वर्षको परीक्षा फाराम अनलाइनमार्फत भराउने भएको छ ।

त्रिविले पाँच क्याम्पसका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराउने त्रिवि परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले जानकारी दिए । उनका अनुसार सूचना प्रविधिको विकाससँगै त्रिविलाई पनि सूचनाप्रविधिमैत्री बनाउनका लागि सो व्यवस्था गर्न थालिएको हो ।

उनका अनुसार पद्मकन्या बहुमुखी क्याम्पस बागबजार, खाद्य प्रविधि क्याम्पस धरान, पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखरा, लुम्बिनी वाणिज्य बहुमुखी क्याम्पस बुटवल र कैलाली बहुमुखी क्याम्पस कैलालीका स्नातक प्रथम वर्षका विद्यार्थीलाई परीक्षा फाराम अनलाइनमार्फत भराइने छ ।

पनिकाले ती क्याम्पसका कर्मचारीलाई अनलाइन फाराम भराउनका लागि आउँदो शुक्रबार तालीम दिनेछ । सहनियन्त्रक अधिकारीले अहिले क्याम्पसले ती विद्यार्थीको फाराम भरेपनि पछि विद्यार्थी आफैँलाई भर्न दिइने बताए ।

“अहिले फारम भर्दा बिग्रन्छ कि भनेर हामीले विद्यार्थीको परीक्षा फाराम सम्बन्धित क्याम्पसलाई भर्न निर्देशन दिन्छौँ”, उनले भने, “पछि विद्यार्थीले आफैँ जहाँबाट पनि भर्न पाउने व्यवस्था गर्नेछौँ ।”

त्रिविले क्रमशः अन्य क्याम्पसमा पनि अनलाइनबाट परीक्षा फारम भराउने व्यवस्था मिलाउने छ । अब चाँडै स्नातक तह प्रथम वर्षको नै परीक्षा फाराम खोल्ने तयारी त्रिविको छ । यसैगरी त्रिविले यसै वर्षदेखि दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीलाई पनि अनलाइनबाट फाराम भराउने छ । अहिले विद्यार्थीले त्रिवि पनिकामा आएर फाराम भर्ने गरेका छन् । त्रिविले गत जेठ दोस्रो हप्तादेखि एकै दिनमा ट्रान्सक्रिप्ट पनि दिन थालेको छ ।

प्रतिकृया दिनुहोस्

जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य हुन्छ – स्वास्थ्यमन्त्री यादव

 साउन ४, काठमाडौं  – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

डा. केसीको अनसन निरन्तर,समर्थनमा आज १ घण्टा डाक्टरले काम नगर्ने

साउन ४, काठमाडौं  – डाक्टर गोविन्द केसीको समर्थनमा डाक्टरले आज अस्पताल परिसरमा एक घण्टा विरोधका कार्यक्रम गर्ने भएका छन् । कार्यालय समयमा आज एक घण्टा अस्पतालमा परिसरमा विरोधका कार्यक्रम गर्ने र आकस्मिकबाहेकमा एक घण्टा सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।...

भृकुटीमण्डपमा आजदेखि इक्यान शैक्षिक मेला शुरु

साउन ३, काठमाडौं  – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन...

विरामीको जीवनमाथि खेलवाड गरेको भन्दै वीर अस्पतालमा प्रर्दशन

साउन ३,काठमाडौं–सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन । बिहिबार विहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन् । विरामी र विरामी कुरुवाहरुले...