Motivate News

मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेड र रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

मेगा बैंकको प्रधान कार्यालयमा मेगा बैंकका वरिष्ठ नायब महाप्रबन्धक महेश ढकाल र रिलायवल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार, अब ग्राहकहरुले मेगा बैंकका देशभरिका शाखाबाट रिलायवल लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले जीवन बिमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुने मेगा बैंकको विश्वास छ ।

प्रतिकृया दिनुहोस्

नेपाल टेलिकमको मनसुन अफर,२५ देखि ५० प्रतिशत सम्म बोनस उपलब्ध

असार ३१,काठमाडौं – नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू टेलिकमले जनाएको छ । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा...

आज शेयर बजारमा सकारात्मक प्रभाव, बढ्यो आठ अंकले

असार ३१, काठमाडौं – बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ । यस्तै...

शेयर बजारः दुई अर्ब बढीको कारोबार

काठमाडौँ, ३० असार – धितोपत्र बजारमा यस साता रु दुई अर्ब ११ करोड ८८ लाख आठ हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कूल १९१ कम्पनीको ६१ लाख १२ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका छन् । कारोबार...

३६५ दिन नै सेवामा समर्पित मेगा बैंक, हेर्नुहोस विदाका दिन कहाँ-कहाँबाट लिन सकिन्छ सेवा

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले ग्राहकको सुविधालाई ध्यानमा राखि उपत्यका भित्र र उपत्यका बाहिरका शाखा कार्यालयहरुको कारोबार समयावधि बढाएको छ । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले राजधानी भित्र र बाहिरका शाखाहरुमा कारोबारको समय थप गरेर सेवा प्रदान गरेको...