Motivate News

इन्फरमेटिकको पोल्टामा ‘प्रोमोसिङ एजेन्ट अवार्ड २०१८’

काठमाडौँ – इन्फरमेटिक एजुकेशन कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट अवार्ड २०१८ आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

अस्ट्रेलिया स्थित हार्वर कलेजले आयोजना गरेको एएचआईसी बिजनेस अवार्ड २०१८ मा इफरमेटिकले उक्त अवार्ड हात पारेको हो । इन्फरमेटिक सहित फरक फरक विद्यामा अन्य ११ ओटा कन्सल्टेन्सी पनि सम्मानित भएका छन् ।

सम्मानित हुनेहरुमा काठमाडौँ इन्फोसिस् एजुकेशन कन्सल्टेन्सी, भिषा काउन्सील एजुकेशन कन्सल्टेन्सी लगायत छन् ।

बिगत लामो समय देखी शैक्षिक परामर्श क्षेत्रमा सेवा पुर्याउदै आएका १२ वटा कन्सलटेन्सीलाई २७ मे मा थाईलेन्डको बैंककमा आयोजित कार्यक्रममा थाईलेन्डका लागि नेपाली राजदूत डाक्टर खगनाथ अधिकारीले सम्मान गरेका थिए ।

काठमाडौं ईन्फोसिस एजुकेशन कन्सलटेन्सले कर्पोरेट ईन्पोटेन एजेन्टको अवार्ड हात पार्दा इन्फर म्याटिक्स कन्सल्टेन्सीले प्रोमोसिङ एजेन्ट विद्यामा अवार्ड थापेको थियो ।

त्यस्तै, एआइपी कन्सल्टेन्सी वेष्ट कन्भर्जन अवार्ड, ग्लोवल च्वाईस एजुकेशन कन्सल्टेन्सीले वेष्ट सपोटिङ अवार्ड, ट्रिनिटी एजुकेशन फाउण्डेशनले बिजने एक्सिलेन्स अवार्ड, रिभोलुसन एजुकेशन कन्सल्टेन्सीले ईमर्जीङ अवार्ड, भिषा काउन्सिलले कर्पोरेट इन्पोटेन पर्शन अवार्ड, ब्रिलियट एजुकेशन एण्ड करियर सर्भिसले वेस्ट पफमेन्स अवार्डद्धारा सम्मानित भएका थिए ।

साथै, निष्ट एजुकेशनले टप पफमेन्स् अवार्ड, पाथसिड कन्सल्टेन्सीले टप ईमर्जङ अवार्ड, एजुकेशन एण्ड मायुग्रेसन कर्नरले टप रिक्वाडमेन्ट अवार्ड र अर्विट ईन्टरनेशन एजुकेशन कन्सलटेन्सीले मार्केटिङ एक्सिलेन्स अवार्ड हातपारेका छन ।

प्रतिकृया दिनुहोस्

रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो,अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् । काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप लगायत ठाउँमा ओहोरदोहोर गर्ने...

नेकपा स्थायी समिति बैठकमा क-कसले गरे सरकारको आलोचना ?

असार २२, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना  भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता...

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार घाइते

वालिङ – स्याङ्जाको गल्याङ नगरपालिका र जगत्रेदेवी नजिकै गल्याङ–मिर्मी सडकमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । गल्याङ प्रहरी चौकीका अनुसार सोमबार साँझ भएको उक्त दुर्घटनामा परी गुल्मी हर्मीचौरका २३ वर्षीय सुनिल सुनारको मृत्यु...

स्वर्गीय पत्रकार के.सीको सम्झनामा शैक्षिक सामग्री वितरण

रामेछाप – रामेछापका स्वर्गीय पत्रकार राजकुमार के.सी को सम्झनामा स्थानिय एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । स्वर्गीय पत्रकार राजकुमारकी छोरी उमा के.सीले बुबाको सम्झनामा हालको रामेछाप नगरपालीका देउराली वडा नम्वर २ मा रहेको श्री कालिका देवी माध्यामीक विद्यालयमा अध्ययनरत...