Motivate News

धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा

असार ६, बेनी – म्याग्दीको प्रमुख पर्यटकीय स्थानमध्येको एक प्राकृतिक सुन्दरता र जैविक विविधताले युक्त टोड्केस्थित प्रशिद्ध धार्मिकस्थल स्वर्गद्वारी आश्रम विकासको पर्खाइमा छ ।

मालिका, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित उक्त आश्रम आध्यात्मिक चिन्तनको उपयुक्त स्थान मानिन्छ । प्यूठानमा रहेको प्रशिद्ध धार्मिक स्थल स्वर्गद्वारीको शाखा मानिने यस आश्रममा स्वर्गद्वारी महाप्रभुले तपस्या गर्नुभएको धार्मिक विश्वास छ ।

प्राचीनकालमा विभिन्न ऋषि महर्षीले तपस्या गरेको यस स्थानमा विसं १९३५ मा त्रिशूली बाबाले तपस्या गरेर निर्माण गरेको शिव मन्दिर र धर्मशालालगायतका केही संरचना अहिलेसम्म पनि रहेको उक्त आश्रमस्थित शिव मन्दिरका पुजारी शिवप्रसाद पन्थीले बताए ।

उनका अनुसार प्यूठान स्वर्गद्वारी आश्रमका महन्त भागवतानन्द गिरीले आएर सात दिनसम्म एउटा खुट्टाले मात्र टेकेर सातदिनसम्म श्रीमद्भागवत् पाठ गरेका थिए ।

त्यसैगरी जन्मेको छैटौँ दिनदेखि आमाको स्तनपान नगर्नुभएका हंशानन्द गिरीले तपस्या गरेका थिए र त्यसैबेलादेखि यो क्षेत्रलाई स्वर्गाश्रम क्षेत्र भन्न थालिएको उनले जानकारी दिए ।

विसं १९१६ श्रावण पुत्रदा एकादशीका दिन जन्मनुभएका स्वर्गद्वारी महाप्रभुले लामो समय स्वर्गद्वारीमा बसेर तपस्या गरेका थिए । त्यसपछि यस क्षेत्रलाई स्वर्गद्वारी क्षेत्र भनिन थालिएको हो । स्वर्गद्वारी महाप्रभुपछि अन्य धेरै ऋषि महात्माले तपस्या गरेका थिए । अठार रोपनी क्षेत्रफलमा फैलिएको स्वर्गाश्रम क्षेत्र धार्मिक र आध्यात्मिक दृष्टिकोणबाट मात्रै होइन, प्राकृतिक र जैविक महत्वका दृष्टिले पनि अत्यन्त सम्भावनायुक्त क्षेत्र मानिन्छ । पहाडको टुप्पोमा घना जंगलको बीचमा अवस्थित स्वर्गद्वारी क्षेत्रबाट धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथीलगायतका हिमाल, दुई दर्जनबढी गाउँहरु देख्न सकिन्छ । यहाँसम्म पुग्नका लागि सडकको पहुँच भएकाले यातायातका साधनबाट पनि जान सकिन्छ ।

स्वर्गद्वारीमा रहेको शिव मन्दिरमा स्वर्गद्वारी महाप्रभुले लगाएका खराउ (काठका चप्पल), शिवलिङ्ग, शिवजीको मूर्ति, बसाहा, शालिग्राम आदि रहेका छन् । शिवजीको मन्दिरलाई हालसालै मात्र पुरानै संरचनामा पुनःनिर्माण गरिएको छ ।स्वर्गद्वारीमा एउटा धर्मशालामा सात वटा गाई पालिएको छ । मन्दिरमा बिहान बेलुका गाइको दूधले अभिषेक हुने गर्दछ । पुजारीलाई तलब प्यूठानको स्वर्गद्वारी आश्रमले नै दिने गरेको छ ।

अत्यन्त मनमोहक र आत्मशुद्धिका लागि उपयुक्त स्थान हुँदाहुँदै पनि यस क्षेत्रको विकासका लागि सम्बन्धित निकायले कुनै ठोस योजना बनाउन नसक्दा सम्पदा ओझेलमा परेको स्थानीय शालिग्राम रिजालले बताए । व्यापकरुपमा प्रचारप्रसार गरी यस क्षेत्रको महत्व बुझाउन सक्ने हो भने यो क्षेत्र आध्यात्मिक खोज अनुसन्धानका लागि महत्वपूर्ण क्षेत्र हुने उनको भनाइ थियो । यो क्षेत्रको संरक्षणका लागि घेराबार लगाउन र मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्न बजेटको अभाव छ ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ – उपप्रधानमन्त्री पोखरेल

असार ३१, काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

आज शेयर बजारमा सकारात्मक प्रभाव, बढ्यो आठ अंकले

असार ३१, काठमाडौं – बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ । यस्तै...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...