Motivate News

दुर्घटना न्यूनीकरण गर्न रोड सेफ्टी फर्निचर

असार ६, दमौली – पृथ्वी राजमार्गको पूर्वको मुग्लिनदेखि पश्चिमको कोत्रेसम्म हुने सडक दुर्घटना न्यूनीकरण गर्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको छ ।

उक्त राजमार्गको ७२ किमी सडकखण्डमा त्यस्तो फर्निचर राख्ने तयारी भइरहेको हो । मुग्लिनदेखि कोत्रेसम्मको सवारी दुर्घटना रोक्न सेफ्टी फर्निचर राख्ने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज एवं प्रहरी नायब निरीक्षक कृष्णबहादुर क्षेत्रीले बताए ।

वर्षा शुरु भएपछि उक्त राजमार्गमा दुर्घटनाको संख्या बढेपछि प्रहरीले त्यसलाई रोक्ने उपाय निकालेको हो, क्षेत्रीले भने । विगतको तुलनामा जेठ र असार महिनामा दुर्घटना बढेका छन् त्यसलाई रोक्न आफूहरु हरतरहको प्रयासमा लागिरहेको क्षेत्रीले बताए ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले सडक छेउछाउमा सेफ्टी फर्निचर राख्न लागेको हो । त्यसका लागि सडक डिभिजन कार्यालय तनहुँका इञ्जिनियरको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यमा प्रहरी निरीक्षक र जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज रहेका छन् ।

सो उपसमितिले एक हप्ताभित्रमा स्थलगत अध्ययन गरी प्रतिवेदन प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गर्ने बताइएको छ । प्रतिवेदनका आधारमा राजमार्ग छेउछाउमा सेफ्टी फर्निचर राखिनेछ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पनि जिल्लाभित्र दुर्घटना न्यूनीकरण गर्न राजमार्ग क्षेत्रमा सेफ्टी फर्निचर राख्ने तयारी गरिरहेको जानकारी दिए ।

सो उपसमितिलाई प्रतिवेदन बुझाउन हामीले भनेका छौँ, प्रजिअ शर्माले भने । जिल्ला ट्राफिक प्रहरीले नियमित चेकजाँच, मापसे चेकजाँचमा कडाइ र आकस्मिक जाँच कार्यलाई तीव्रता दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता सुनिल मल्लले बताए ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ – उपप्रधानमन्त्री पोखरेल

असार ३१, काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

आज शेयर बजारमा सकारात्मक प्रभाव, बढ्यो आठ अंकले

असार ३१, काठमाडौं – बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ । यस्तै...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...