Motivate News

अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिताको पहिलो चरणको छनौट सम्पन्न

काठमाडौँ –अन्र्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसीयाको फ्रेन्चाइजी प्रतियोगिता मिस एसीया नेपालको पहिलो चरणको छनौट काठमाण्डौमा सम्पन्न भएको छ । नेक्स्ट ईभेन्ट इन्टरनेशनलको आयोजना र म्याक मिडिया सर्भिसेजको सहकार्यमा भइरहेको प्रतियोगिताको नेपालमा यो दोश्रो संस्करण हो । कुल ३० प्रतियोगीको सहभागिता रहने यस प्रतियोगिताको दोश्रो चरणको छनौट साउन ९ गते शनिबार हुनेछ । छनौट हुने प्रतियोगीहरुले विभिन्न किसीमका तालीमहरु पाउने छन् ।

यस प्रतियोगिताको बिजेताले मिस एसीयामा सहभागिता जनाउने अवसर पाउनुका साथै नगद एक लाख पुरस्कार पनि पाउनेछ । गतवर्षकी विजेता उकुशा गिरीले मिस एसीयामा सहभागी हुदै नेपाललाई एउटा बिधामा उपाधी दिलाएकी थिइन् । “गतवर्ष उकुशाले नेपालको प्रतिनिधीत्व गर्दै एउटा बिधामा उपाधी ल्याएकी थिईन्”, आयोजक संस्था नेक्स्ट इभेन्ट इन्टरनेशनलका कार्यकारी निर्देशक दिवस खनियाले भने – “यसपटक भने उपाधी नै जित्ने गरी तयारी गरीरहेका छौँ ।”

सौन्दर्य प्रतियोगिताहरुको माध्यमबाट नेपाली युवतीको क्षमता अन्र्तराष्ट्रियस्तर प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको सहआयोजक संस्था म्याक मिडीया सर्भिसेजका कार्यकारी निर्देशक सुदिपचन्द्र बख्रेलले बताए । “यस्ता प्रतियोगिताहरुले महिलाको आत्मबिस्वासका साथै क्षमता बिकाशमा राम्रो भुमिका निर्वाह गर्छ”, उनले भने– “प्रतियोगिहरुलाई राम्रोसँग तयार गर्ने बिषयमा हामी सजग छौ ।” प्रतियोगिताको फाइनल साउनको दोश्रो हप्ता हुने आयोजकले बताएका छन् ।

प्रतिकृया दिनुहोस्

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजबीच टीकाटालो

काठमाडौं – विगत डेढ बर्षदेखि प्रेममा रहेको जोडी नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले इन्गेजमेन्ट गर्दै आफ्नो सम्बन्धलाई अझै मजबुत बनाएका छन् । शनिबार यो जोडीले इन्गेजमेन्टको टिकाटालो गरेको हो । दुइको इन्गेजमेन्टमा उनीहरुको परिवारमात्र सहभागी थिए । मिडियालाई थाहा...

रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’ विमोचन

काठमाडौँ – गीतकार रविन्द्र आशिष शैलीको तेस्रो आधुनिक गीति संग्रह ‘शैली’  सार्वजनिक गरिएको छ । बिहिबार एक कार्यक्रमकाबीच पुर्व अर्थमन्त्री तथा गीतकार शंकरप्रसाद कोइराला, बरिष्ठ गीतकार रत्न शमशेर,गीतकार संघका अध्यक्ष चुुणामणी देवकोटा, गीतकार किरण खरेल,गजलकार तथा मुक्तककार ज्ञानुवाकर पौडेल लगायत थुप्रै कवि तथा गीतकारहरुको उपस्थितिमा काठमाण्डौ सिनामंगल...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा...