Motivate News

ह्विलचियर क्रिकेटले चिनिएका छुल्टिम शेर्पा, जसले नेपालको नाम उचो राखे

काठमाडौँ – छुल्टिम शेर्पा सोलुखुम्बु जिल्लाको थामेमा वि.स.२०२३ सालमा जन्मिएका हुन् । मैले छुल्टिमको फ्ल्यासब्याकको बारेमा कुरा गर्न सुरु गर्दा उनको आँखामा टिलपिल आँशु भरिसकेको थियो ।

उनी यसरी भावुक हुनुको कारण रहेछ २ बर्षकै उमेरमै उनी पोलियो रोगबाट ग्रसित हुनु । पोलियो पछि उनको गोडाहरु लुला भए । यो त्यही ठाउँ हो जहाँ विश्वविख्यात सगरमाथा आरोहीहरु आप्पा शेर्पा र तेन्जिङ नोर्गे शेर्पाको जन्म भएको थियो । साढे दुई वर्षकै हुँदा पोलियोले सताएपछि उनी आफैं हिँडडुल गर्न नसक्ने भए ।

२०२५ सालमा उनी नेपाल सहर काठमाडौं आए । पछाडि गाऊँ फर्किन सकेनन् । उनको शिक्षाको आरम्भ क्षेत्रपाटीको जेपी स्कुलबाट भयो । हिमालबाट आएको सानो केटोलाई काठमाडौंमा सहज त थिएन नै झन् त्यसमाथि शारिरीक रुपमा अपांग । त्यतिबेलाको नेपाली समाज कस्तो थियो होला हामी सहजै अन्दाज गर्न सक्छौं । त्यो समयमा उनले धेरै नै मानसिक प्रताडना सहन प¥यो । स्कुलका केही विद्यार्थी साथीहरुले उनलाई गिज्याउने, हेप्ने गर्दथे । नानाथरि भन्थे तर पनि उनीसँग सहनुको विकल्प त थिएन नै ।

हिमाली भेगबाट आएकोले सबैले ‘भोटे भनेर पेल्थे गर्थे । उनलाई पनि खल्लो अनुभव हुन्थ्यो । यी सबैका बावजुद पनि छुल्टिम शेर्पामा आत्मविश्वाश उच्च थियो । म पनि अरुभन्दा कम छैन, म जे पनि गर्न सक्छु भन्ने एक खालको अदम्य शाहस उनमा थियो । उनी अरुबाट हेपिने र चेपिने खालका थिएनन् । यसले गर्दा उनमा झन् केही गरेरै देखाउँछु भन्ने ईख पलायो ।

उनले साथीभाइहरुको तुच्छ वचनका अगाडि केही गरेर देखाउने प्रण गरिसकेको थिए । उनी दिनरात पढाईमा केन्द्रीत रहे । फलस्वरुप कक्षामा प्रथम हुन थाले । यसरी शारिरिक रुपमा केही कमजोर भए पनि मानसिक रुपमा त उनी बलिया र अब्बल थिए । उनको पढाइप्रतिको लगाव, आत्मबल र सफलताका कारण शिक्षकहरुले बिस्तारै उनलाई राम्रो ब्यवहार माया गर्न थाले । हिजोका दिनमा उनलाई घृणा र तिरस्कार गर्ने साथीहरुले पनि राम्रो ब्यवहार देखाउन थाले । उनीसँग नजिकिन थाले, माया बर्साउन थाले ।

समयले यसरी कोल्टे फे¥यो कि साथीसंगीहरुको मायाका कारण उनी दश कक्षासम्म प्रथम नै भए र सबैलाई चकित बनाइदिए । यसको अलवा अतिरिक्त क्रियाकलपामा पनि उनी अब्बल थिए । हाजिर जवाफहरुमा सदैव प्रथम हुन्थे । दश कक्षामा अध्ययन गर्दै गर्दा बीचमा अलिकति पढाइ छुट्यो । जोरपाटीको अपाङग केन्द्रमा गएर तालिम लिए । आइरन गेट मानिने एसएलसी उत्र्तीण गरेसँगै उनी कमर्सका विद्यार्थी बन्न पुगे । विहान कलेज दिँउसो ठमेलमा रहेका कपडा पसल धान्नु थियो । दैनिकी त्यही ढंगले चलिरहेकै थियो । त्यही रहेर उनले मास्टर्ससम्मको अध्ययन पूरा गरे ।

जोरपाटीमा रहेको खगेन्द नवजीवन केन्द्रका संस्थापक खगेन्द्र बहादुर बस्नेतले दिनुभएको प्रेरणा नै उनका लागि जिउने माध्यम बन्न पुग्यो । बस्नेतसँग उनको भेट २०३५ सालमा भएको हो । भेट भएको केही समय पछाडि नै खगेन्द्रको निधन भयो । त्यसपछि म आफैँ उहाँको ठाउँमा बसेर सक्रिय रुपमा कार्यभार सम्हाल्ने कुरै भएन अनि मोडियो उनको जीवन । हाम्रो जिज्ञासा थियो आफ्नै व्यापार व्यवसाय रमाइरहेका यिनलाई सामाजिक कर्ममा होमिन केले उत्प्रेरित गर्यो ? यस्का लागि फर्कनुपर्दछ ।

२०७२ सालमा गएको विनासकारी भुकम्पपछि उनी व्यापार व्यवसाय सबै छाडेर सामाजिक कर्ममा लागे । उनको नेतृत्वमा काठमाडौँको गोलढुंगामा अपाङग कल्याण संघ खोले । जहाँ भूकम्प पीडित अपाङगहरु अलपत्र झै परेका थिए, खोलाको बगरमा । कुखुरा, सुंगुुरसँगै उनीहरु खान्थे, बस्थे । त्यसपछि उनीहरुका लागि त्यहीँ नजिकै एक रोपनी जग्गा भाडामा लिएर आवास निर्माण गरे । त्यसपछि कैलाली पुगे । त्यहाँ सुपा स्कुल भन्ने अपाङग अस्पतालका ३० भन्दा बढी साना–साना अपाङग बालबच्चाहरुलाई पनि सहयोग गरे । धरानको छाता चोकको पुनःस्थापना केन्द्रमा पनि पुगे । त्यहाँ पनि आफूले सकेको सहयोग गरे । काठमाडौंको साँखु अपाङको लागि ९ महिनाका लागि खाद्यान्नको जिम्मा लिए । ज्वाइँ आङनोर्बु शेर्पाले आवासका लागि भवन निर्माणमा सहयोग गरे । उनी अहिले खगेन्द्र नव जीवन केन्द्रको बोर्ड सदस्यको रुपमा पनि क्रियाशील छन् ।

भूकम्पपछि खगेन्द्र नवजीवन केन्द्रद्धारा सञ्चालित स्कुलका छाना फेरिदिए । त्रिपालको ठाउँमा जस्तापाता लगाइदिए । त्यसपछि २०७३ सालमा उनले ह्विलचियर क्रिकेट संघ खोले पनि धेरै समयपछि मात्र कानुनी मान्यता पाए । उनले अपाङ भएका व्यक्तिलाई अघि बढाउने माध्यम खेल मात्रै देखे । यो प्रस्ताव ल्याइसकेपछि अपाङग साथीहरु सबै खुसी भए । सबभन्दा ठूलो कुरा आत्मविश्वास नै रहेछ । संस्था स्थापनासँगै ‘डोमेस्टिक’ खेल आयोजना पनि गरे, गत जेठमा । त्यसपछि उनले विश्वको पहिलो त्रिदेशीय क्रिकेट खेलको आयोजना गरे । विश्वमा ह्विल चेयरमा बसेर क्रिकेट खेल्ने देशहरु नेपाल, बंगलादेश, भारत र पाकिस्तान मात्र हुन् । तर, यो खेलका लागि पाकिस्तानबाहेक अरु दुई देशलाई मात्र आह्वान गर्न सम्भव भयो ।

आर्थिक अभावका कारण पाकिस्तानलाई सो खेलमा सहभागि बनाउन सकिएन । एकैजना खेलाडीका लागि १ लाखभन्दा बढी टिकट खर्च लाग्ने भएपछि यो सम्भव भएन । भारत र बंगलादेशबाट २०÷२० जना दरले खेलाडी आएका थिए । तर, दुई देशलाई पाखा लगाउँदै नेपालले खेल जित्यो । बंगलादेश र भारत क्रिकेटको ‘गुरु’ नै हुन् तर हाम्रा खेलाडीले जिति छाडे । हामीले एक वर्षकै ट्रेनिङले पराजित गर्यो । अब चाँडै एसिया कपको पनि आयोजना गर्दै छौँ ।’ उक्त खेल समापनसँगै जोरपाटी, जावलाखेल र नेपाल आर्मीको समुहलाई मिलाएर अहिले तीन टिम बनाउँदै प्रशिक्षण दिइरहेका छन्, दैनिक ।

छुल्ठिम आर्थिक सहयोगका लागि धेरै ठाउँ चाहारे, नेपालका ठूला कर्पोरेट हाउसदेखि नाम चलेका विद्यालयसम्म । तर, निराशा बाहेक अरु केही पाएनन् । पैसा होइन आत्मविश्वाश, बलियो साथीभाइ, इष्ट मित्रले दिएको हौसलाले नै हामीले खेल जित्न सफल भएको उनको दावी छ ।

उनी भन्छन, ‘अपांग हुने रहर कस्लाई हुन्छ र ? जानी जानी को अपांग बनेको हुन्छ र ? के थाहा आजका सग्लो मान्छेलाई भोलि अपांग बन्न पनि सक्छ ? हामी सबै जन्मजातै शारीरिक रुपले अपांग होइनौँ । हिँड्दै जाँदा ठेस लाग्यो । तर,ज्यान बाचिरहेको छ । सुनेको थिए, संसार अध्यारो छ । मनकारीहरु हो रहेछ, हामी अपाङगलाई एक लाखको सहयोग दिन हिच्किचाउने उनीहरुले हामीजस्तै तर हातखुट्टा सग्ला भएका खेलाडीका लागि आँखा चिम्लेर लाखौं लाख सहयोग गरे ।

खेलको निमन्त्रण पठाइसकिएको हुनाले त्यो रोक्ने स्थिति थिएन । मलाई सहयोग गर्ने हिडन फाण्डेसनका विवेक उपाध्याय, समाजसेवी श्वेता जैनका ति सहयोगी हातहरुलाई सलाम भन्न चाहन्छु । सरकार पक्षबाट सहयोगको नाममा राष्ट्रिय खेलकुद परिषद्ले त्रिवि मैदानको व्यवस्था गर्यो । त्यहाँ पुगेपछि केशव विष्टले खेलाडीहरुलाई पचास हजार र पच्चिस हजार दिने घोषणा त गरे । तर यो रकम लिने प्रक्रिया निकै झन्झटिलो रहेछ । मैले आफ्नो व्यक्तिगत तवरबाट यो खेल समापन गरे ।

हामीले पनि सग्ला खेलाडीझै अन्तराष्ट्रिय स्तरमा देशलाई थप चिनाउने मौका पाएका छौँ । खुसी यसैमा छु । खेल जसो तसो सकाइयो तर थाप्लोमाथि साढे पाँच लाख ऋण लाग्यो । पैसा भन्ने कुरा आउने र जाने चलिरहन्छ । उखानै पनि छ नि ‘ऋण लागोस् तर दिन नलागोस् ।’ मन मार्नु हुँदैन । एकातिर यस्ता समस्याहरु समाधान हुँदै जान्छन् भने अर्कातिर सफलताका द्धारहरु खोलिनै रहन्छ । मैले नि यहीँ पाठ सिके ।’ महाकवि लक्ष्मी प्रसाद देवकोटा भन्नुभएको छ,‘उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक ।’

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...