Motivate News

सफलताका लागि प्रेरणा कार्यक्रमकोे १८ औँ संकरण आज, ७ सय यूवा लाभाम्वित हुँदै

काठमाडौँ – सकारात्मक पत्रकारीता मार्फत समाज रुपान्तरणमा लागि लागिरहेको मोटिभेट गु्रप अफ कम्पनीद्धारा संचालित मोटिभेट न्यूज डटकमको कार्यक्रम सफलताका लागि प्रेरणाको १८ औँ संकरण आज हुँदैछ । विहान ७ : ३० देखि सुरु हुने कार्यक्रममा ७ सय भन्दा बढी यूवाको सहभागिता रहनेछ ।

कार्यक्रममा ड्रिम, गोलसेटिङ, टायम म्यानेजमेन्ट लगायतका विषयमा चर्चित उत्प्रेरक बक्ताहरुले सहभागिलाई उत्प्रेरित गर्नुहुनेछ । कार्यक्रममा चर्चित उत्प्रेरक बक्त रविन कटुवाल, वि.के शर्मा र दृष्टिविहिन उत्प्रेरक बक्ता सृष्टि के.सीले सहभागि यूवाहरुलाई उत्प्रेरित गर्नुहुनेछ भने बैँकर अनिल केशरी शाह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्ना सफलताका कथाहरु प्रस्तुत गर्नुहुनेछ ।

२०७३ साल फागुन ४ गतेदेखि सुरु भएको यात्रा आजसम्म आई पुग्दा मोेटिभेटले देशका मुख्य शहरहरुमा यस्ता १७ ओटा कार्यक्रम सम्पन्न गरिसकेको छ । काठमाडौँमा आठ ओटा संकरण, नेपालगंजमा दुई ओटा संस्करण, पोखरा, हेटौडा, विरगंज, बनेपा, झक्तपुर, कालिकाटको रास्कोट र पलाँतामा यस्तै खालका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

यो कार्यक्रमबाट करिव ३० हजार यूवाहरु लाभाम्वित भईसकेका छन् । आजको कार्यक्रम काठमाडौँको जमल स्थित राष्ट्रिय नाचघरमा विहान ७ :३० बजेदेखि १० : ३० बजेसम्म संचालन हुनेछ भने विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आजको कार्यक्रमको नाम ‘इन्सपायरिङ डे’ राखिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्