Motivate News

विकट गाउँबाट विकास थाल्नुस् : सभामुख महरा

असार ६, दाङ – सभामुख कृष्णबहादुर महराले विपन्न बस्तीबाट विकास थाल्न सुझाव दिएका छन् । घोराही उपमहानगरपालिकाका प्रमुखसहित जनप्रतिनिधिसँग बुधबार घोराहीमा भएको छलफलमा सभामुख महराले विकासमा पछि परेको क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् ।

विपन्न बस्तीका स–साना योजनालाई प्राथमिकता दिन सभामुख महराले सुझाव दिए । अबको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकीकरण गर्न आवश्यक रहेको भन्दै उनले आमनगरवासीलाई विकासको अनुभूत हुने गरी काम गर्न आग्रह गरे ।

उनले नगरले सक्ने योजनालाई आवश्यकतामा आधारित ढंगले पूर्णता दिनुपर्ने र मझौला खालका योजनालाई प्रदेश र ठूलो योजनालाई केन्द्रीय सरकारले पूर्णता दिने उल्लेख गरे। दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सभामुख महराले अब जनताको जीवनस्तर उकास्ने शैलीबाट विकास गरिनेसमेत आश्वासन दिए ।

कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण प्रक्रियालाई सहज ढंगले अघि बढाउन आग्रह गरे । सभामुख महरा स्थानीय सरकारले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्ने तयारीको पूर्वसन्ध्यामा आफ्नो चुनावी क्षेत्रमा आएका हुन् ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...