Motivate News

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

असार ६, काठमाडौँ – एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बस्नुभएकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ ।

एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– “सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका पीडितका लागि न्यायको आवाज उठाइरहेका नेपालका पीडित समूह, नागरिक समाज संगठन र राष्ट्रिय मानवअधिकार आयोगप्रति एम्नेस्टी इन्टरनेशनल नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ ।”

गंगामायाले दोस्रोपटक भोक हडताल थालेको आज २२ दिन बितिसक्दा पनि नेपाल सरकारबाट उक्त अनशनको कुनै सम्बोधन नभएको भन्दै एम्नेस्टी इन्टरनेशनलले गहिरो चिन्ता व्यक्त गरेको छ । न्यायको आवाजप्रतिको सरकारको चरम उदासीनताका कारण ३२९ दिनको आमरण अनशनपछि गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको दुःखद् निधन भएको थियो ।

सशस्त्र द्वन्द्वका क्रममा अन्यायमा परेका पीडितलाई चाँडो न्याय प्रदान गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत एम्नेस्टी इन्टरनेशनलको माग गरेको छ ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ – उपप्रधानमन्त्री पोखरेल

असार ३१, काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

आज शेयर बजारमा सकारात्मक प्रभाव, बढ्यो आठ अंकले

असार ३१, काठमाडौं – बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ । यस्तै...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...