Motivate News

मोटिभेट न्यूजको सेवा सिंहदरबार देखि दुरदराजसम्म, यसरी उत्प्रेरित हुँदैछन दुर्गमका यूवा

काठमाडौँ – सकारात्मक पत्रकारिता मार्फत समाज रुपान्तरणका लागि लागिरहेको डिजिटल पत्रिका मोटिभेट न्यूज डटकमले आफ्नो सेवालाई अंझै वितार गर्ने भएको छ । समाजमा पत्रिका मार्फत सकारात्मक समाचार सम्प्रेषण गर्दै देशभर बृहत उत्प्रेरणातमक कार्यक्रम गर्दै आएको यस पत्रिकाले कालिकोटका दुई स्थानिय तहका यूवाहरुलाई पनि उत्प्रेरित गर्ने भएको छ ।

देशैभरी बृहत उत्प्रेरणात्मक कार्यक्रम गर्दै आएको यस डिजिटल पत्रिकाले सफलताको बाटो नामक बृहत उत्प्रेरणातमक कार्यक्रमको १६ औँ र १७ औँ संस्करण कालिकोटको रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा आयोजना गर्न लागेको छ ।

मोटिभेट न्यूज डटकमलाई शहर केन्दीत भएर पत्रकारीता गरिरहेको तथा उत्प्रेरणात्मक कार्यक्रम पनि सुगन एरियामा नै गरिरहेको आरोप लागिरहेको वेला कालिकोटको विकट पलाता गाउँपालीका र रास्कोट नगरपालिकामा कार्यक्रम गर्न लागेर गतिलो जवाब फर्काएको छ ।

कार्यक्रममा चर्चित उत्प्रेरक बक्ताका साथै विभिन्न क्षेत्रमा सफलता चुमिसकेका सिद्धहस्त व्यक्तिहरुले आफ्नो सफलताको कथाहरु पस्किदै उत्प्रेरणा प्रदान गर्नुहुनेछ । कार्यक्रममा चर्चित उत्प्रेरक बक्ता रविन कटुवालले सफलताका लागि चाहिने खुराकहरु पस्किनु हुनेछ भने विश्व साइल यात्री पुष्कर शाहले आफ्ना सफलताका कथाहरु यूवाहरुको माझमा राख्नुहुनेछ ।

दुई ओटा स्थानिय तहहरुको सहकार्यमा यही असारको १५ शुक्रबार र १६ गते शनिबारको दिन कार्यक्रम हुनेछ । असार १५ गते पलाता गाउँपालिकाको थिर्पू र १६ गते रास्कोट नगरपालिकाको बडिमालिका बहुमुखी क्याम्पसमा मार्यक्रम गरिने अयोजकले जनाएको छ ।

यस पत्रिकाले काठमाडौं सहित देशभर करि २५ हजार यूवाहरुलाई उत्प्रेरित गरिसकेको छ ।

प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका...

गृहमन्त्रालयले फेरी भन्यो : यातायात समिति नवीकरण हुन्न

साउन ४,काठमाडौँ -सरकारले यातायात समितिको नवीकरण नगर्ने स्पष्ट पारेको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन सिन्डिकेट खारेज गर्ने यसअघिको निर्णय अनुसार साउनबाट विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघहरुको नविकरण नगर्ने भएको हो । गत असार ३१ गते गृहमन्त्री,...