Motivate News

मुलुकको विकास निर्माण संघ र स्थानीय सरकारसँगसँगै : उपप्रधानमन्त्री पोखरेल

असार १०, काठमाडौँ – उपप्रधानमन्त्री ईश्वर पोखरेलले मुलुकको विकास निर्माणको लागि संघीय सरकार र स्थानीय सरकारसँगसँगै जानुपर्ने बताएका छन् ।

बूढानीलकण्ठ नगरपालिकाको दोस्रो नगरसभाको आईतबार उद्घाटन गर्दै उनले संघीय सरकारले शुरु गरेको आर्थिक विकास र समृद्धि अभियानलाई स्थानीय सरकारले पनि साथ दिएर मुलुकको विकास निर्माणमा सँगसँगै जानुपर्ने बताए।

उनले अहिलेको समय भनेको मुलुकमा विकासको विगुल फुक्ने भएकाले स्थानीय सरकारले पनि विकास निर्माण गरेर समृद्धिको विगुल फुक्नुपर्ने बताए । उनले भने, “संघीय सरकारले विकासको विगुल फुक्नका लागि विकास र समृद्धिलाई प्रथामिकता राखेर काम गरिरहेको छ । स्थानीय तहले पनि संघीय सरकारले अघि सारेको कुरालाई प्राथमिकता दिनुपर्यो ।”

रक्षामन्त्री पोखरेलले विकास निर्माण गर्ने खालका नीति र कार्यक्रम ल्याउन आग्रह गरे । बूढानीलकण्ठ नगरपालिकामा सडक, खानेपानी ढलका समस्या रहेको उल्लेख गर्दै उनले ती समस्यालाई समाधान गर्न केन्द्रबाट सहयोग हुने बताए ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले रु ७५ करोड १४ लाख ४७ हजारको बजेट प्रस्तुत गर्दै नमूना नगरपालिका बनाउन योजना रहेको बताए ।

यसैगरी टोखा नगरपालिकाकाको दोस्रो नगरसभाको पनि उद्घाटन गर्दै रक्षामन्त्री पोखरेलले टोखालाई पर्यटकीय क्षेत्र बनाउन नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखालाई समृद्ध बनाउन करीब रु ७४ करोडको बजेट विनियोजन गरिएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...