Motivate News

उता खेलाडी दबाबमा, यता दर्शक तनाबमा !

असार ११,काठमाडौं – संसार विश्वकपमय भइरहेको छ । खेलाडीहरू उता जति आवेगमा छन्, त्यति नै उत्सवी मुडमा छन् हेर्ने दर्शकहरू पनि । नेपाली दर्शकहरूलाई पनि विश्वकपले खानपिन र रामरमिताको माहौल दिएको छ ।

नेपाली फुटबलप्रेमीहरू रुसमा भइरहेको विश्वकपमा रातरातभरि अनिँदो बसेर, मासु–मदिरा खाएर र आपसमा बाजी राखेर रमाइरहेका छन् । आफ्नो टिमको विजय–पराजयमा मानसिक तनाव त छँदैछ ।

आजको अन्नपुर्ण पोष्टमा यो खबर छ, विश्वकपमा जापानले गोल गरेलगत्तै डा. सरोजप्रसाद ओझाले आफ्ना जापानी साथी डा. युकीलाई फोन गरेर बधाइ दिए । तर, डा. युकीले अनभिज्ञता प्रकट गर्दै भने, ‘ए, हो र ! मलाई थाहै थिएन ।’ आफ्नै देशले गोल हानेको समेत थाहा नपाएको सुनेर डा. ओझा छक्क परे ।

वरिष्ठ मनोचिकित्सक समेत रहेका डा. ओझा अरु देशका तुलनामा नेपालमा फुटबलप्रेमी बढ्दै गएको बताउँछन् । ‘एक जना अर्जेन्टिनाका नेपाली फ्यानले आत्महत्या प्रयास गरेको सुनेको छु’, डा. ओझाले भने, ‘झापाका एक युवाले अत्यधिक मदिरा सेवन गर्दा बेहोस भएपछि अस्पताल नै भर्ना गर्नुप¥यो ।’

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

संसदमा पेश गरिएको चिकित्सा शिक्षा विधेयक फिर्ता लिन सकिँदैन – शिक्षामन्त्री पोखरेल

असार ३१, काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको सहमतिमै अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्री पोखरेलले संसदमा पेश गरिएको सो विधेयक फिर्ता लिन भने नसकिने अडान पनि राखे। आइतबार संघीय संसद...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...

सिण्डिकेटप्रति सरकार पछि हट्यो : समितिलाई कम्पनीमा जान कम्तीमा ३ महिनाको समयसीमा थप्ने

असार ३१, काठमाडौं – सरकारले यातायात व्यवसायी समितिहरुलाई कम्पनीमा जान थप समय दिने तयारी गरेको छ । साउन १ गतेदेखि समितिहरु नवीकरण नगर्ने निर्णय लिएको सरकारले समितिहरुको अस्तित्व तत्काल नै ‘अवैधानिक’ नहुने गरी अर्को निर्णय गर्ने योजना बनाएको हो । अब मन्त्रिपरिषद...