Motivate News

चलचित्र “ब्ल्याक”को ट्रेलर रिलिज

काठमाडौँ –भाद्र १ गतेलाई रिलिज डेट कन्फर्म गरिएको फिल्म “ब्ल्याक” को अफिसियल ट्रेलर लञ्च गरिएको छ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा बीचको प्रेममा आउने उतारचढावलाई देखाउन खोजिएको छ ।

यी दुईको प्रेममा अभिनेता आयुष रिजाल तगारो बनेका छन् । एक्सन र प्रेम मिश्रित ट्रेलरमा आकाशका प्रेमिल संवाद बढी हाबी छन् । प्रदिप श्रेष्ठ निर्देशित यसमा सुन्दर श्रेष्ठ, सुशिल क्षेत्री, धिरेन शाक्य, प्रिया रिजाल पनि लिड रोलमा छन् ।

आश्मा पाण्डेको निर्माणमा बनेको फिल्ममा द्वन्द्व चन्द्र पन्तको रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् । मौनता श्रेष्ठको कथामा तयार भएको “ब्ल्याक” मा कोरियोग्राफी रामजी लामिछानेको र छायांकन रामशरण उप्रेतीले गरेका छन्

करिब चार बर्षको अन्तरपछि निर्देशनमा फर्किएका निर्देशक श्रेष्ठले पछिल्लो पुस्ताका दर्शकको मनोभावना बुझ्ने गरी सोहि प्रकारको कथावस्तुमा फिल्म बनाएको बताए । चेतनकुमार पाण्डे फिल्मका कार्यकारी निर्माता हुन् ।

 

प्रतिकृया दिनुहोस्

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...

निशा कंडेलको नयाँ गीत सार्वजनिक

काठमाडौँ – निशा कंडेलको स्वरमा रहेको गीत ‘सधैँ लाइ’ को अफिसियल भिडियो सार्बजनिक गरिएको छ । लामो समय संगीत सिकेर गीत रेकर्ड गरेकी निशाको यो पहिलो अफिसियल गीत र भिडियो हो । अमन प्रधानको शब्द तथा संगीतमा बनेको भिडियो उत्कृस्ट बनेको छ...

चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक

काठमाडौँ – भाद्र १ गतेलाई आफ्नो प्रर्दशन मिती तोक्दै चलचित्र ‘मिस्टर भर्जिन’को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका मुख्य कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल , मरिस्का पोख्रेललाई फिचार गरिएको छ । तीन युवाको यौन मनोविज्ञानको कथालाई चलचित्रमा देखाउन...