Motivate News

विश्वकप जित्ने मेस्सीको सपना अधुरै, फ्रान्ससँग स्तब्ध

काठमाडौं – फ्रान्स रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। उपाधिको बलियो दाबेदार अर्जेन्टिनलाई ४–३ गोल अन्तरले हराउँदै फ्रान्स अन्तिम ८ मा प्रवेश गरेको हो।

फ्रान्सलाई जिताउन एम्बापेले २ तथा ग्रिजम्यान र पाभार्डले १–१ गोल गरे। अर्जेन्टिनाका लागि डि मारिया, अग्यूरो र मेराकाडोले गोल गरेका थिए।

पहिलो पटक अर्जेन्टिनासँग अन्तिम १६ मा भिडेका फ्रान्सले शनिबार कजान रंगशालमा १३औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता लिएको थियो।

केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो। एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए।

खेलको ४१ औं मिनेटमा डि मारियाले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाका लागि बराबरी गोल फर्काएका थिए।

एभर वेनेगाले उपलब्ध गराएको पासमा उनले करिब ३० यार्ड टाढाबाट बायाँ खुट्टाले शशक्त प्रहार गर्दै गोल गरेका थिए।

पहिलो हाफसम्म १–१ गोलको बराबरीमा रहेको खेलको दोस्रो हाफको सुरूवातमै अर्जेन्टिनाले गोल गर्दै खेलमा अग्रता लियो।

४८ औं मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडोले गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितिमा पुर्‍याएका थिए। तर, खेलको ५७ औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याएका थिए।

त्यसपछि चार मिनेटको अन्तरमा दुई गोल गर्दै एम्बापेले फ्रान्सलाई अग्रता दिलाए। उनले ६३ औं र ६९ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितिमा पुर्‍याएका हुन्।

त्यसपछि इन्जुरी समयको तेस्रो मिनेटमा अग्यूरोले गोल गर्दै खेललाई ४(३ को स्थितिमा पुर्‍याए। त्यसपछि अर्जेन्टिनाले पाएका केही राम्रा मौकामा गोल गर्न नसक्दा पूर्व उपविजेता अन्तिम १६ बाटै घर फर्किएको छ। योसँगै फ्रान्सले पहिलो पटक अर्जेन्टिनालाई हराएको छ।

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...