Motivate News

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा

असार २० , काठमाडौं – कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै इ‌ंग्ल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

खेलमा इंग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले कोलम्बियाका खेलाडी कार्लोस बाकाको प्रहार बचाएका थिए भने मेटस उरिबेको प्रहार पोलमा ठोक्किएको थियो ।

इ‌ंग्ल्याण्डका जोर्डन हेण्डरसनको प्रहार भने कोलम्बियाका गोलकिपर डेविड ओस्पिनाले बचाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । खेलमा अग्रता भने ५७ औं मिनेटमा इंग्ल्याण्डले पेनाल्टी गोलमार्फत लिएको थियो ।

कप्तान ह्यारी केनलाई डीएरियाभित्र लडाएपछि पाएको पेनाल्टीमा ह्यारी केनले नै गोल गरे । यो सँगै उनले चालु विश्वकपमा आफ्नो ब्यक्तिगत गोलसंख्या ६ पुर्‍याएर गोल्डेन बुटमा दौडमा सबैभन्दा अघि छन् ।

तर दुई मिनेट सम्हालिन नसक्दा इंग्ल्याण्डले खेल जित्न थप ३० मिनेट खेलेर पेनाल्टी सुटआउटसम्म पुग्नुपर्‍यो।

खेलको ९३ औं मिनेटमा कोलम्बियाका यारी मिनाले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए । कर्नरबाट आएको पासमा उनले हेडमार्फत सुन्दर गोल गरे ।

त्यसपछि थपिएको आधाघण्टा समयमा दुबै टिमले गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट हार जित छुट्याइएको हो ।

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...