Motivate News

नेकपा स्थायी समिति बैठकमा क-कसले गरे सरकारको आलोचना ?

असार २२, काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा सरकारका कामको आलोचना भएको छ । प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारका निर्णय र कामबारे प्रश्न उठाइरहेका वेला नेकपाभित्रबाटै पहिलोपटक आलोचना  भएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सरकारको कामबारे प्रश्न उठेको बताए । ‘सरकारको कामबारे पनि छलफल भएको थियो,’ उनले भने, ‘केन्द्र र प्रदेश सरकारबीचको समन्वय, मन्त्रीहरूको कामका विषयमा अर्को बैठकमा छुट्टै छलफल गरिनेछ ।’

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको स्थायी समिति बैठकमा चीन भ्रमणको ब्रिफिङ, सरकारको काम, पार्टी विधान र नियमावलीमा केन्द्रित रहेर छलफल भएको थियो ।

क-कसले गरे आलोचना ?

बैठकमा नेताहरू भीमबहादुर रावल, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, रघुजी पन्तलगायत करिब एक दर्जन नेताले सरकारको आलोचना गरेका हुन् । सरकारको काम जनताले दैनिक जीवनमा प्रत्यक्ष अनुभूति गर्ने गरी प्रभावकारी हुन नसकेको उनीहरूको टिप्पणी थियो ।

बजेटले सकारात्मक प्रभाव पार्न नसकेको, बजेटलगत्तै बढेको कालोबजारी नियन्त्रण गर्न नसकेको, कालोबजारी गर्नेमाथि कारबाही गर्ने सवालमा आपूर्तिमन्त्रीले कुनै प्रभावकारी कदम चाल्न नसकेको, सरकारको काममा मन्त्री–मन्त्रीहरूबीच नै समन्वय नदेखिएको उनीहरुको भनाई थियो ।

प्रतिकृया दिनुहोस्

डा. केसीको अनसन निरन्तर,समर्थनमा आज १ घण्टा डाक्टरले काम नगर्ने

साउन ४, काठमाडौं  – डाक्टर गोविन्द केसीको समर्थनमा डाक्टरले आज अस्पताल परिसरमा एक घण्टा विरोधका कार्यक्रम गर्ने भएका छन् । कार्यालय समयमा आज एक घण्टा अस्पतालमा परिसरमा विरोधका कार्यक्रम गर्ने र आकस्मिकबाहेकमा एक घण्टा सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।...

सिन्धुली जिल्लामा ८५ प्रतिशत धान रोपाई

साउन ४,सिन्धुली – साउनको पहिलो साता सुरु हुदाँ भित्री मधेश अन्र्तगतको सिन्धुली जिल्लामा ८५ प्रतिशत धान रोपाई सकिएको छ। जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा धान खेती हुने १६ हजार ४ सय ८० हेक्टर क्षेत्रफल खेतमध्ये हालसम्म ८५ प्रतिशत अर्थात १४...

जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेर एक प्रहरी गम्भीर घाइते

साउन ३, जुम्ला- अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेका प्रहरी जवान कमल आचार्य को मृत्यु भएको छ। बिहीबार बिहान डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए।...

आफ्ना समर्थकलाई कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी

साउन ३, काठमाडौं – २० दिन देखि जुम्लामा अनसनरत रहेका डा. गोविन्द केसी काठमाडौं आउन भएका छन् । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनसन बसेका हुन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् ।...