Motivate News

मुस्ताङमा टिपर दुर्घटना, १५ मजदुरको मृत्यु

असार २२, काठमाडौँ – कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको छ ।

उक्त टिपर दुर्घटनामा परी १५ जनाको घाटनास्थलमै मृत्यु भएको छ, भने सो दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ । सामान्य घाइते भएका ५ जनालाई जिप मार्फत जोमसोम अस्पतालमा उपचारको लागी लगिदैछ भने बाँकी गम्भीर १२ जना घाइतेलाई हेलिकप्टर मार्फत उपचारको लागी तयारी गरिदै छ । प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार स्याङबोचेमा खाना खाएर तामाखोलामा काममा जाने क्रममा टिपर अनियंत्रित भएर सडकदेखि करिब ६० मिटर तल खोलामा खसेको बताएका छन् ।

बाँकी घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै छ । घाइते र मृत्यु भएका सबैलाई उद्दारको लागि काठमाडौंबाट एयर डाइनास्टिक हेलिकप्टर मगाइसकेको उनले बताए ।

साथै उद्धारमा थप बल प्रयोग गर्नको लागि सेनाको हेलिकप्टर माग्नको लागि पनि गृहमन्त्रीलार्इ पत्राचार गरिसकेको उनले बताए । अब उक्त सेनाको हेलिकप्टर पनि करिब आधा घन्टामा काठमाडौंबाट उद्धारको लागि उड्ने उनले बताए ।

लोघेकर दामोदरकुण्ड गाउपालिका अन्तर्गतको कालीगण्डकी करिडोर अन्तरगत सडक स्तरबृद्धि भैरहेको स्थानमा उक्त दुर्घटना भएको हो । मृत्यु भएका र घाइते भएकाहरूको ठेगाना रोल्पा, सिन्धुली, कैलाली र कपिलवस्तु भनिएको छ ।

प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

चर्को पार्किङ शुल्क विवाद

भीमदत्तनगर, ४ साउन – भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज...

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...