Motivate News

धिरेन शाक्यसँग रोमान्स गर्ने यि सुन्दरी को हुन् ? जसले हिन्दी फिल्ममा समेत काम गरेकी छिन्

काठमाडौं – नायक धिरेन शाक्य लामो समयपछि पर्दामा देखिएका छन् । एक जमानाका लोकप्रिय स्टार शाक्य पछिल्लो समय प्रमोद प्रसाईं र सोनी कार्कीको स्वरमा रहेको ‘जता हेर्छु केबल तिमी’ बोलको गीतको भिडियोमा देखिएका हुन् । सोनी कार्कीकै शब्द र रिदम कँडेलको संगीतमा रहेको गीतको भिडियोमा नायक शाक्यलाई अभिनयमा कमला दाहालले साथ दिएकी छिन् ।

भिडियो बेलायतको लण्डनमा छायांकन गरिएको हो ।सञ्चारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेको भिडियोमा बेलायतको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि देख्न सकिन्छ । अन्जली केसीको डिजाइन र प्रभु गुरुङको कोरियोग्राफीमा भिडियो बनेको छ । जर्मनीमा बस्दै आएकी कमलाले तामिल, नेपाली र हिन्दी केही चलिचित्रमा समेत अभिनय गरेकी छिन् ।

प्रतिकृया दिनुहोस्

‘मिस्टर भर्जिन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी ,बिशारद बस्नेतको निर्माण रहेको छ भने विशारद बस्नेतको निर्देशन रहेको छ । र्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा .लीको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश दवाडीको...

‘लैबरी लै हाम्रो माया शुपर हिट भएछ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं – विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै नेपाली गीतसंगीतलाई माया गर्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरुमा आजकल धेरै गुञ्जन थालेका छन् । कहिले मन छुने गीत त कहिले रमाइलो खालको नचाउने गीत लेख्दै आउनु भएकी गुरुङद्धारा करिव २ सय  भन्दा बढि...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...