Motivate News

यातायात मन्त्री रघुवीर महासेठकै योजनामा सिन्किेट फर्काइँदै

असार २४, काठमाडौं – यातायात क्षेत्रको विकृति हटाउन यातायात व्यवस्था विभागले गत १८ चैतदेखि कारबाही थालेको थियो । तर सिन्डिकेटविरुद्ध निर्णायक कारबाहीमा उत्रिएका तत्कालीन महानिर्देशक रुपनारायण भट्टराईलाई हौसला दिनुको सट्टा अचानक मन्त्रालय तानियो । ३१ वैशाख ०७५ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको निर्णयबाट मन्त्रालय हाजिर गराइएका भट्टराईलाई बस्ने कोठा र कुर्सीसमेत छैन ।

नयाँ पत्रिका दैनिकका अनुसार त्यसैले सहसचिव भट्टराई बिहान १० बजे हाजिर गर्न मन्त्रालय पुग्ने गरेका छन् तर गर्ने काम र बस्ने ठाउँ नभएकाले ११ बजे नै फर्कने गरेका छन् ।

नयाँ पत्रिका लेख्छ– देशभर शक्तिशाली ५ यातायात समिितसहित करिब ४ सय सार्वजनिक यातायात समिति एनजीओका रुपमा अहिले पनि बहाल छन् । ४ वैशाखमा मन्त्रिपरिषदको बैठकले असार मसान्तसम्म ती समिति कम्पनीमा दर्ता र नवीकरण हुनुपर्ने हो । तर तोकिएको समय सकिन ८ दिन बाँकी छँदा अरनिको यातायात समितिबाहेक अन्य कुनै पनि समिति कम्पनीअन्तर्गत दर्ता हुन आएका छैनन् ।

सरकारी निर्णय उल्ट्याएर पुनः एनजीओका रुपमा यातायात समिति दर्ता र सञ्चालन गर्ने कसरतमा यातायात व्यवसायी छन् । यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्दा कमाएको नाफाबाट १ रुपैयाँ पनि कर तिरेका छैनन् । तर यसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चुपचाप छ । उल्टो मन्त्री महासेठ नै सिन्डिकेट फर्काउने योजनामा लागेका छन् ।

प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका...

गृहमन्त्रालयले फेरी भन्यो : यातायात समिति नवीकरण हुन्न

साउन ४,काठमाडौँ -सरकारले यातायात समितिको नवीकरण नगर्ने स्पष्ट पारेको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन सिन्डिकेट खारेज गर्ने यसअघिको निर्णय अनुसार साउनबाट विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघहरुको नविकरण नगर्ने भएको हो । गत असार ३१ गते गृहमन्त्री,...