Motivate News

डिजाइन तथा क्लचरलाई झल्काउने उद्देश्यले काठमाडौँमा “एनसिएमटीए फेशन शो” हुँदै

काठमाडौँ – नेपाल कपडा तथा सिलाई व्यवसायी संघको आयोजनामा पहिलो पटक काठमाडौंमा फेशन शो हुनेभएको छ । संघसँग सम्बन्धित सिलाई व्यवसायीहरुको आफ्नै डिजाइन तथा क्लचरलाई झल्काउने उद्देश्यका साथ राजधानीमा “एनसिएमटीए फेशन शो २०१८” हुने भएको हो ।

संघको आयोजना तथा राग रागिनी इन्टरटेन्मेन्टको सहकार्यमा हुन लागेको उक्त फेशन शोको इभेन्ट म्यानेज्मेन्टको काम रशलाइट मिडियाले गर्दैछ । रशलाइटको तर्फबाट रमिता भण्डारीले कोरियोग्राफी गर्ने कार्यक्रममा १६ जना मोडलहरुले बिरालोको चालमा र्‍याम्प नाप्नेछन् ।

पछिल्लो महिना क्यानडामा पहिलो पटक नेपाली क्ल्चर झल्काउँदै नेपाली ड्रेसमा फेशन शो सकाएर स्वदेश फर्केकी रमिताले यहि असार ३० गते हुन लागेको “एनसिएमटा फेशन शो”मा मुख्यतः नेपाली भेषभुषाहरुलाई नै प्राथमिकता दिइने रमिताले बताइन् ।

नाम चलेका मोडलहरु र्‍याम्पमा उत्रिँदा पाँच सिक्वेन्समा नेपाली कल्चर, विवाह, अफिसियल वेयर, पार्टिज वेयर र नेपाली ढाकामा सजिने रशलाइटको तर्फबाट कार्यक्रम व्यवस्थापक सनिल महर्जनले बताए ।

इन्द्रेणी फुडल्याण्ड बानेश्वरमा हुने कार्यक्रममा र्‍याम्प प्रस्तुतीसँगै चर्चित ठमेल बजार गायिका मिना निरौलासँगै गायक कपिल कस्पाल श्रेष्ठको गायन प्रस्तुती रहनेछ भने बज्र डान्स मण्डलाले परम्परागत चारिया नृत्य र सरास्वति एण्ड ग्रुपको तर्फबाट वेस्टर्न नृत्य प्रस्तुत रहनेछ ।

आयोजक संस्थाका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुने कसुर बाँकी नराख्ने भन्दै इभेन्टले नेपाली भेषभुषा प्रवर्धनको लागी कोशेढुङ्गा साबित हुने विश्वास पोखे । देशभर छरिएर रहेका कपडा तथा सिलाइ व्यवसायीहरुको तर्फबाट प्रायः कार्यक्रममा ड्रेसहरु तयार हुँदै आएकोमा आफ्नै तर्फबाट पहिलो पटक हुन लागेको कार्यक्रम थप स्तरिय र प्रभावकारी बनाउन यतिबेला दिलोज्यान दिएर लागिरहेको कार्यक्रम संयोजक सदिश श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस्

‘मिस्टर भर्जिन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी ,बिशारद बस्नेतको निर्माण रहेको छ भने विशारद बस्नेतको निर्देशन रहेको छ । र्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा .लीको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश दवाडीको...

‘लैबरी लै हाम्रो माया शुपर हिट भएछ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं – विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै नेपाली गीतसंगीतलाई माया गर्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरुमा आजकल धेरै गुञ्जन थालेका छन् । कहिले मन छुने गीत त कहिले रमाइलो खालको नचाउने गीत लेख्दै आउनु भएकी गुरुङद्धारा करिव २ सय  भन्दा बढि...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...