Motivate News

‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक विरेन्द्र श्रेष्ठलाई ओएस म्युजिक अवार्ड

काठमाडौं – निकै चर्चित लोक पप गीतबाट ईन्जिनियर एबम् गायक विरेन्द्र श्रेष्ठले आइतबार सम्पन्न सेकेन्ड एनुयल ओएस म्युजिक अवार्डमा लोक पप तर्फ अवार्ड जितेका छन् । ‘घर हाम्रो लेकैमा’ बोलको गीतबाट गायक श्रेष्ठले उक्त अवार्ड हात परेका हुन् । गाउँ घरमा स्कुले जीवनमा देउसी भईलोबाट आफ्नो गायन यात्रा सुरु गरेका श्रेष्ठले युरोपमा उच्च शिक्षा अध्ययनको क्रममा समेत आफ्नो गायन यात्रालाई बिश्राम दिन चाहेनन् ।

अध्ययनपछि  स्वदेश फर्की यही माटोमा केही गर्न पर्छ भनी जल बिद्धुत आयोजना मार्फत देश उज्यालो पर्न लागि रहेका  गायक श्रेष्ठ हाल कावेली ईनर्जी लिमिटेडको काबेली ए जलबिद्युत आयोजनामा प्रवन्धकका रुपमा कार्यरत छन् ।

निरन्तर मेहनत र लगनशिलताले हरेक ब्यक्तिलाई सफलता प्राप्त हासिल गर्न बाट कसैले रोक्दैन भन्ने उदाहरण बनेका छन् ईन्जिनियर तथा गायक बिरेन्द्र श्रेष्ठ । गायक श्रेष्ठको हरेक गीतमा अधिक गाउले भाका र शब्दको प्रयोग अनि  श्रेष्ठको मर्मस्प्रशी स्वर नै गायक श्रेष्ठ अवार्डको हकदार बनेको बताउछन् पाँचथर अमरपुरका खगेन्द्र शिगु ।

अवार्ड कार्यक्रमपछि  कुरा गर्दै  गायक श्रेष्ठले दर्शक श्रोताको अपार माया र स्नेहले यो सफलता हात परेको बताएका छन् । ताप्लेजुङ्को बिकट सिरिजङा गाउँपालिकाको सिनाममा जन्मेका गायक बिरेन्द्र श्रेष्ठ आँफैमा एउटा पूर्वको चम्किलो हिराको रुपमा उदाएका छन् ।

प्रतिकृया दिनुहोस्

‘मिस्टर भर्जिन’को फस्ट लुक सार्वजनिक

काठमाडौं । नेपाली चलचित्र ‘मिस्टर भर्जिन’को पोष्टर सार्वजनिक भएको छ । चलचित्रमा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी ,बिशारद बस्नेतको निर्माण रहेको छ भने विशारद बस्नेतको निर्देशन रहेको छ । र्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रा .लीको ब्यानरमा निर्माण भएको चलचित्रमा महेश दवाडीको...

‘लैबरी लै हाम्रो माया शुपर हिट भएछ’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

काठमाडौं – विगत दुई दशक अघिदेखि अमेरिकामा बस्दै नेपाली गीतसंगीतलाई माया गर्दै आउनुभएकी गीतकार अम्विका गुरुङका शब्दहरुमा आजकल धेरै गुञ्जन थालेका छन् । कहिले मन छुने गीत त कहिले रमाइलो खालको नचाउने गीत लेख्दै आउनु भएकी गुरुङद्धारा करिव २ सय  भन्दा बढि...

अशोक दर्जीलाई टंकले बेचे भन्नेलाई धरानका रमेश प्रसाईले भिडियो मार्फत यसरी झपारे

काठमाडौँ – भाईरल व्वाय अशोक दर्जीलाई लिएर पछिल्लो समय बिवाद हुन थालेको छ । पहिले केहि युटुब च्यानलहरुले अन्तर्वार्ता लिएपछि चर्चा कमाएका र आफ्नो पहिलो गीत मन बिनाको धन बजारमा आएपछि अत्याधिक चर्चामा रहेका बाल गायक अशोकदर्जीका बिषयमा उनलाई गायनमा डेव्यु गराएका...

रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया’ बोलको गीत सार्वजनिक (हेर्नुस भिडियो)

काठमाडौं – नायिका तथा निर्देशक  रेखा थापाको चलचित्र ‘मालिका’को ‘हल्का माया के माया, गाढा लगाउने…’ बोलको गीत सार्वजनिक गरिएको छ । कर्णालीको जाजरकोट लगायतका विभिन्न ठाउँमा छाँयांकन गरिएको गीतमा देशलाई जोडिएको फिल्मका निर्माता नरबहादुर कार्कीले जानकारी दिए । ‘गीतमा देश प्रेम छ...