Motivate News

अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर,औषधि पनि खान मानेनन्

असार २६, जुम्ला – १० दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनले अत्यावश्यक औषधिसमेत खान नमानेका कारण अवस्था जटिल बन्दै गएको हो ।

अहिले संक्रमणबाट बचाउन स्पेसल केयर युनिटमा राखेर निगरानी मात्र गरिएको डा. प्रवीणकुमार गिरीले बताए । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।

‘डा. केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन प्रतिकूल बन्दै गएको छ, बचाउनका लागि जुनसुकै वेला आइसियू आवश्यक पर्न सक्छ,’ डा। गिरीले भने, ‘तर, जुम्लामा तत्काल यो सम्भव छैन ।’

प्रतिकृया दिनुहोस्

चर्को पार्किङ शुल्क विवाद

भीमदत्तनगर, ४ साउन – भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज...

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

काठमाडौँ, ४ साउन – महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा,...

गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

भद्रपुर, ४ साउन – झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा...