Motivate News

गुफामा थुनिएका बाँकी पाँचजनाको उद्धार शुरु

माइ साइ, थाइल्याण्ड, २६ असार – थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी चारजना बालक र उनीहरुका एक प्रशिक्षकसहित पाँचजनाको उद्धार कार्य मङ्गलबार पनि बिहानैबाट शुरु भएको छ ।

सोमबार गरिएको उद्धारबाट चारजना बालक बाहिर निकालिएको थियो । अधिकारीहरुले बताएअनुसार सोमबार पनि भारी वर्षाका कारण सबैजनालाई निकाल्न सकिएको थिएन ।

मङ्गलबार पनि भारी वर्षा जारी छ । गए रातिदेखिको अविरल वर्षाका कारण गुफाभित्रको पानीको सतह थप बढेको छ । यसले गर्दा आजको उद्धारको काम पनि निकै कठिन हुने अधिकारीहरुले बताएका छन् ।

तर पनि मङ्गलबार बिहानैदेखि अधिकारीहरुले गुफाको बाहिर निर्माण गरिएका चिम्नीहरुबाट गुफाभित्र अक्सिजन पठाउने काम शुरु गरिसकेका छन् । गोताखोरहरुले भित्र छिर्ने प्रयास थालेका छन् ।

दक्षिणी थाइल्याण्डको चियाङ राइ प्रान्तमा रहेको एउटा गुफामा करीब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चारजना र सोमबार चार जनालाई सकुशल उद्धार गरिएको थियो ।

उद्धारको कार्य अति कठिन भएको मङ्गलबार अधिकारीहरुले जनाएका छन् । उनीहरुले आज भने बाँकी रहेका सबै पाँच जनालाई नै बाहिर निकाल्ने बताएका छन् ।

आइतवार पहिलो दिन उद्धार गरेर सकुशल निकालिएका चारजना बालकलाई चिकित्सकको निगरानीमा राखिएको छ । उनीहरुलाई आफ्ना आमाबुबालाई भेट्न पनि दिइएको छैन ।

गत जुन २३ देखि गुफाभित्र फसेका १२ बालक र उनीहरूका फुटबल प्रशिक्षक कहाँ छन् भन्ने कुरा हराएको नौ दिनपछि मात्र पत्ता लागेको थियो ।

एकजना बेलायती गोताखोरले सो कुरा पत्ता लगाएका थिए । तर उनीहरुलाई बाहिर ल्याउने एउटा चुनौतीपूर्ण र जटिल काम भएको छ ।

यो उद्धार अभियान आइतवार थालिएको थियो । उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा दुई वटा एम्बुलेन्स राखिएको छ ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफा वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफाभित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार र सोमबार यिनै चिम्नीबाट आठजनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले आज नै बाँकी रहेका पाँच जनालाई निकालिने जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

चर्को पार्किङ शुल्क विवाद

भीमदत्तनगर, ४ साउन – भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज...

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...