Motivate News

विस्थापितहरुलाई सहयोग गर्न आग्रह

जेनेभा, २६ असार – विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कारण आ–आफ्नो देशबाट विस्थापित हुन बाध्य भएका नागरिकलाई आवश्यक सहयोग गर्न र कुनै पनि किसीमको दुव्र्यवहार नगर्न संयुक्त राष्ट्रसंघका महासचिवले आग्रह गर्नुभएको छ ।

महासचिव एन्टोनियो गुथ्रेसले विस्थापन हुनु तथा शरणार्थीका रुपमा बाहिरिनु मानिसको बाध्यता भएकोले यस्तो अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभएको हो ।

सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ ।

यसरी आफ्नो देश या इलाकाबाट विस्थापित हुने सर्वसाधारणमा प्रायः म्यानमार र सिरियाका धेरै रहेका छन् । सन् २०१७ को अन्त्यसम्ममा विश्वभरबाट विस्थापित हुने व्यक्तिको संख्या अघिल्लो वर्षको तुलनामा ३० लाखले बढेको हालै सार्वजनिक गरिएको सो प्रतिवेदनमा जनाइएको छ ।

महासचिव गुथ्रेसले हालैमात्र म्यानमारबाट भागेर बङ्गलादशेको कोक्स बजारमा शरणार्थीका रुपमा बसिरहेका रोहिङ्ग्या शरणार्थीको शिविर भ्रमण गर्नुभएको थियो ।

त्यस भ्रमणका क्रममा उहाँले ती शरणार्थीहरुले आधारभूत खाना र बासको अभावमै अत्यन्तै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको तथ्य देखेको बताउनुभएको थियो ।

म्यानमारको सेनाले नै ज्यादति गरेपछि ती शरणार्थी भागेर बङ्गलादेश पुगेका हुन् । हाल त्यहाँ करिब ८ लाख शरणार्थी रहेका छन् ।

उहाँले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ– विश्वमा शरणार्थी तथा आफ्नै देशभित्र पनि विस्थापित नागरिकले निकै दयनीय जिवन बिताउन बाध्य भएका छन्, उनीहरुलाई आवश्यक सहयोग र समन्वयका लागि म सबैसँग आग्रह गर्दछु ।

प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

चर्को पार्किङ शुल्क विवाद

भीमदत्तनगर, ४ साउन – भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज...

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...