Motivate News

शिक्षा मन्त्री पोखरेलले भने – डा. केसी ! अनशन तोडेर चिकित्सा शिक्षा सुधारमा लाग्नुस्

असार २७, काठमाडौं- शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले डा गोविन्द केसीलाई अनशन तोडेर शक्षा सुधार सम्बन्धी गठन हुने आयोगमा बसेर काम गर्न आव्हान गरेका छन्।

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ बारे राष्ट्रिय सभामा उठेका प्रश्हरुको मंगलबार जवाफ दिँदै मन्त्री पोखरेलले यस्तो आव्हान हो ।

आजको गोरखापत्रदैनिकको अनुसार उनले जतिसक्दो चाँडो आयोग बनाएर काम गर्नुपर्नेमा जोड दिँदे भने ‘यतिखेर अनशन बस्ने होइन, हामी यथार्थवादी हौं र सही ढङ्गले अघि बढौं, आयोग बनाएर समस्या हल गछौं भनेपछि आयोगमा विश्वास गरौं।’

यसअघि राष्ट्रियसभा बैठकमा पनि राष्ट्रिय चिकिसा शिक्षा विधेयक, २०७५ का सम्बन्धमा सांसदहरुले विभाजित धारण राखेका थिए।

प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका...

गृहमन्त्रालयले फेरी भन्यो : यातायात समिति नवीकरण हुन्न

साउन ४,काठमाडौँ -सरकारले यातायात समितिको नवीकरण नगर्ने स्पष्ट पारेको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन सिन्डिकेट खारेज गर्ने यसअघिको निर्णय अनुसार साउनबाट विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघहरुको नविकरण नगर्ने भएको हो । गत असार ३१ गते गृहमन्त्री,...