Motivate News

भीरबाट लडेर ५५ को मृत्यु !

असार २७, ओखलढुंगा – भीरबाट लडेर यो बर्ष ओखलढुंगामा १६, छिमेकी जिल्ला खोटाङमा १८ र सोलुखुम्बुमा २१ जनाको मृत्यु भएको छ ।

पहडाी क्षेत्रमा भीरबाट लडेर मृत्यु हुनेको संख्या हरेक बर्ष बढ्दो देखिएको छ ।

पछिल्लो एक बर्षमा मात्र तीन जिलालमा ५५ जनाले ज्यान गुमाएको प्रहरी तथ्यांकले देखाएको छ ।

खोटाङमा चालु आर्थिक बर्ष सवारी दुर्घटनामा परी चार जनाको ज्यान जाँदा १८ जना भीरबाट लडेर मरे ।

यीमध्ये १४ जना घाँस—दाउरा गर्न गएका बेला भीरबाट लडेका थिए ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिकृया दिनुहोस्

चर्को पार्किङ शुल्क विवाद

भीमदत्तनगर, ४ साउन – भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज...

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

काठमाडौँ, ४ साउन – महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा,...

गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

भद्रपुर, ४ साउन – झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा...