Motivate News

वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश

असार २७, काठमाडौं- वेल्जियमलाई १- ० ले हराउँदै फ्रान्स विश्वकप फुटबलको फाइनल प्रवेश गरेको छ । फ्रान्सलाई जिताउन एकमात्र गोल खेलको ५१ औं मिनेटमा स्यामुअल उमटीटीले गरे ।

चालु विश्वकपमा एक खेल पनि नहारेको वेल्जियम सेमिफाइनलमा फ्रान्ससँग पराजित हुन पुग्यो । वेल्जियमले गोलका केही सुन्दर अवसरहरु पनि सिर्जना गरेको थियो । तर गोल गर्न असफल हुँदा पहिलो पटक फाइनल प्रवेश गर्ने अवसरबाट वञ्चित भयो ।

बलमाथि  वेल्जियमको नियन्त्रण बढी भए पनि गोल गर्द खेल जित्न फ्रान्स सफल भयो । यसअघि सन् २००६ मा फाइनल खेलेको फ्रान्स १२ वर्षपछि फाइनल पुगेको हो । उसले सन् १९९८ सालमा विश्वकप जितेको थियो । सन् २००६ को फाइनलमा भने इटलीसँग पराजित भएको थियो ।

अब उसले उपाधिका लागि इंग्ल्याण्ड र क्रोएसियाबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...