Motivate News

विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने,इंङल्याण्ड २–१ गोल अन्तरले पराजित

असार २८, काठमाडौं –विश्वकप फुटबलको उपाधिका लागि क्रोएसिया र फ्रान्स भिड्ने भएका छन् । गए राति इंङल्याण्डलाई २–१ गोल अन्तरले पराजित गर्दै क्रोएसियाले फ्रान्ससँगको उपाधि भिडन्त पक्का गरेको हो । खेल सुरु भएको पाँचौ मिनेटमै गोल खाँदै पछि परेको क्रोएसियाले दोस्रो हाफमा बराबरी गोल गरेको थियो ।

अतिरिक्त समयको दोस्रो हाफमा मारियो मान्जुकिजले क्रोएसियाका लागि निर्णायक गोल गरेका थिए ।

खेल सुरु भएको पाँचौ मिनेटमा केरियन ट्रिपरले फ्रिकिक मार्फत उत्कृष्ट गोल गर्दै इङल्याण्डलाई अग्रता दिलाएका थिए । एक गोलको अग्रता बनाएको इङल्याण्डले डिफेन्सिभ खेल्दा क्रोएसियालाई पहिलो हाफमा बराबरी गर्न असफल भएको थियो ।

खेलको ६८ औं मिनेटमा इभान पेर्सीले उत्कृष्ट गोल गर्दै क्रोएसियालाई बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमले आक्रामक खेले पनि क्रोएसिया दोस्रो हाबी भएको थियो । निर्धारित समयमा दुवै टिमले एक एक गोल गरेपछि खेल अतिरिक्त समयमा गएको थियो । इङल्याण्डका गोल किपर जोर्डन पिकफोर्ड क्रोएसियाको प्रहार बचाउ गरेका थिए ।

१०९औं मिनेटमा मारियो मान्जुकिजले नजिकैबाट इङल्याण्डको जाली चुमाएका थिए । उनको गोल नै निर्णायक भयो । फाइनल खेल आइतबार हुने छ । त्यसअघि शनिबार तेस्रो स्थानका लागि सेमिफाइनलमा पराजित भएका बेल्जीयम र इङल्याण्ड तेस्रो स्थानका लागि खेल्नेछन् ।

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...