Motivate News

रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो,अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं – रातीदेखि परेको पानीका कारण ठाउँठाउँमा बाढी र पहिरो गएको छ । केही राजमार्ग अबरुद्ध भएका छन् ।

काभ्रेको बनेपामा पुल भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएको छ । अहिले अरनिको राजमार्ग हुँदै काभ्रे, सिन्धुपाल्चोक, दोलखा, जिरी, रामेछाप लगायत ठाउँमा ओहोरदोहोर गर्ने  कुनै पनि गाडी नचलेका प्रहरीले जनाएको छ ।

यसैगरी नगरकोट जाने नयाँ बाटोमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । यस्तै, भक्तपुरका बिभिन्न ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले दुवाकोट, राधेराधे, लिबाली, लगायतका क्षेत्र डुबानमा परेको प्रहरीले जनाएको छ ।

सल्लाघारीमा रहेको डाक्टर इवामुरा अस्पतालमा पनि बाढीको पानी पसेको छ ।

प्रतिकृया दिनुहोस्

डा. केसीको अनसन निरन्तर,समर्थनमा आज १ घण्टा डाक्टरले काम नगर्ने

साउन ४, काठमाडौं  – डाक्टर गोविन्द केसीको समर्थनमा डाक्टरले आज अस्पताल परिसरमा एक घण्टा विरोधका कार्यक्रम गर्ने भएका छन् । कार्यालय समयमा आज एक घण्टा अस्पतालमा परिसरमा विरोधका कार्यक्रम गर्ने र आकस्मिकबाहेकमा एक घण्टा सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।...

सिन्धुली जिल्लामा ८५ प्रतिशत धान रोपाई

साउन ४,सिन्धुली – साउनको पहिलो साता सुरु हुदाँ भित्री मधेश अन्र्तगतको सिन्धुली जिल्लामा ८५ प्रतिशत धान रोपाई सकिएको छ। जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका अनुसार जिल्लामा धान खेती हुने १६ हजार ४ सय ८० हेक्टर क्षेत्रफल खेतमध्ये हालसम्म ८५ प्रतिशत अर्थात १४...

जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेर एक प्रहरी गम्भीर घाइते

साउन ३, जुम्ला- अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा जुम्ला अस्पतालमा भएको झडपका क्रममा गोली लागेका प्रहरी जवान कमल आचार्य को मृत्यु भएको छ। बिहीबार बिहान डा केसीलाई काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकोप्टर गएपछि अस्पतालमा स्थानीय र विद्यार्थीले अवरोध गरेका थिए।...

आफ्ना समर्थकलाई कुटिएपछि काठमाडौं आउन तयार भए डा. केसी

साउन ३, काठमाडौं – २० दिन देखि जुम्लामा अनसनरत रहेका डा. गोविन्द केसी काठमाडौं आउन भएका छन् । चिकित्सा शिक्षामा सुधारको माग गर्दै आमरण अनसन बसेका हुन् । प्रहरीले आफ्ना समर्थकमाथि बलप्रयोग गरेपछि डा. केसी आफैं काठमाडौं आउन तयार भएका हुन् ।...