Motivate News

हनुमन्ते खोलामा आएको बाढीले डुब्यो भक्तपुर (फोटोफिचर)

भक्तपुर – भक्तपुरको  हनुमन्ते खोलामा आएको  बाढीका कारण राधेराधे, जगाती, मध्यपुर ठिमी, सल्लाघारी, सिर्जनानगर, हनुमानघाट लगायतका क्षेत्र पुरै डुवानमा परेको छ ।

दुवाकोट, दक्षिणी बेल्ट, राधेराधे-निकोसेरा सडक, लिवाली, चाँगुनारायण ईट्टाभट्टाको तल्लो बेल्ट, ब्रम्हायणी, नगरकोट जाने नयाँबाटोलगायतका क्षेत्र पनि जलमग्न छन् । लिवाली जलमग्न हुँदा जगातीबाट कमलविनायक सडक आज बिहान नै देखि पूर्ण रुपमा अवरुद्ध भएको छ

 

 

बाढीले बस्ती डुबेपछि यातायात ठप्प भएको छ । मानिसहरुको घर र पसलमा बाढी पसेपछि खाद्यान्न लत्ताकपडा भिजेका छन् । बाढीले गर्दा बजार, शिक्षण संस्था पनि खुलेका छैनन् ।

बाढीमा फसेकाहरुलाई नेपाली सेनाको टोलीले क्रेन र डुंगाको सहायतालेबिहानैदेखि उद्धार गरिरहेको छ ।

बस्ती डुवानमा पर्दा सरोकारवालाले  समस्या समाधान गर्न  चासो नदिएको  भक्तपुरबासीले गुनासो गरेका छन्  ।

 

प्रतिकृया दिनुहोस्

यसरी मनाइयो पाँचौ ‘नेपाली टोपी दिवस’ (फोटोफिचर)

काठमाडौं – ‘नेपाली टोपी, नेपाली पहिचानं’ भन्ने नारासहित पाँचौ ‘नेपाली टोपी दिवस’ भब्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा आज बिहान ‘जागरुक युवा अभियान नेपाल’ का युवायुवतीहरुले राजधानीको माइतीघर मण्डलादेखि शान्तिवाटिकासम्म प्रभातफेरी आयोजना गरेका छन् । र्यालीमा सहभागि युवाहरुले राष्ट्भावले भरिपूर्ण...

प्रधानमन्त्री प्रचण्डले चितवनमा यसरी मतदान गरे (फोटो फिचर)

बैशाख ३१, चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिका वडा नं ४ लंकुस्थित लक्ष्मी मावि ‘ख’ मतदान केन्द्रबाट मतदान गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सबैभन्दा पहिले बिहान ७ बजे नै मतदान गरेका हुन् । लंकु मतदान केन्द्रमा प्रधानमन्त्रीले मतदान गरेपछि...

भव्यताका साथ सम्पन्न भयो सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम (फोटो फिचर)

काठमाडौँ – सुपर लर्निङ, मोटिभेस्नल एण्ड म्यूजिकल प्रोगाम भव्यताका साथ सम्पन्न भएको छ । बैशाख २० गते काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न कार्यक्रममा एघार सय भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा डा. यागि विकासानन्दले शैक्षिक सत्रको सुरुवातमा विद्यार्थीलाई पढाइमा प्यासन जगाउने...

विश्व पर्वतारोही पण्डितले नेपालका रास्ट्रपति, प्रधामन्त्रीलार्इ यसरी पुर्याए अन्टारटिकाको सर्बोच्च सिखरमा (फोटो फिचर)

काठमाडौँ – विश्व पर्वतारोही संजय पण्डितले नेपालका रास्ट्रपति देखि प्रधानमन्त्री हुँदै देशका लव्दप्रतिष्ठित व्यक्तित्वहरुलाई अन्टारटिकाको सर्वोच्व शिखरमा पुर्याएका छन् । विस्व पर्वतारोही पण्डितले केहि महिना अघि आफूले आरोहण गरेको अन्टारटिकाको सर्वोच्च सिखर विन्सोंन मासिफमा उनीहरुको फोटो अंकित झण्डा फरफराएर सर्वोच्व शिखरमा पुर्याएका...