Motivate News

छाडा चौपायाका कारण बौनियामा सास्ती

असार २८ , बौनिया- कैलालीको बर्दगोरिया गाउपालिका भित्रका छाडा पसु चौपायाका कारण बौनियामा तनाव भएको छ । बर्दगोरिया गाउपालिका कर्यापालिकाको बैठक बसि वडा अध्यक्षहरुको संयोजकत्वमा यहि २६ गते जुम्लाको कनका सुन्दरी गाउपालिका पठाउने निर्णय अनुसार २६ गते नै १५० छाडा चौपाया जुम्ला पठाएका थिए । कनका सुन्दरी गाउपालिकको एक गाई एक घर बनाउने अभियान अनुसार बर्दगोरिया गाउपालिले गाई जुम्ला पठाएको थियो । गाउपालिकाले जिल्ला समन्वय समिती कैलालिमा गाई पठाए बापत कर समेत तिरेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सिंह कार्किले बताए ।

बौनियाबाट सत्मार्ग अभियान नेपालका अध्यक्ष शेर बहादुर कलेलले जिल्ला प्रशासन कार्यालयमा फोन गरेर गाई अबैधानिक तरिकाले पठाई रहेको भन्दा गाई फिर्ता आएका हुन । बर्दियाको बासगढी बाट बुधबार र दाङ को कुसुम बाट बिहीबर गाई फिर्ता आए पछि बर्दगोरिया गाउपालिका का किसान आक्रोशित भएका हुन । बर्दगोरिया गाउपलिका सङको सहकार्यमा धनकुटाको छतर गाउपालिकाको वडा न ८ मा रहेको भट्टराई गाई फमले २५ गाई पाल्ने हेतुले लग्दा दाङको कुसुम बाट बिहीबार फिर्ता आए पछि माहोल झन तनाबपूर्ण भएको हो । यतिबेला किसानका रोपाई गरेका खेतमा पसेर रोपाई नै खाने गरेका कारण किसान झन आक्रोशित भएका हुन ।

किसान गोकर्ण प्रसाद खतिवडाले आफुले केहि दिन अगाडी रोपेको धान सबै खाई दिदा अझ रोप्न पर्ने अवस्था रहेको बताए । यो समस्या खतिवडाको मात्र नभई बर्दगोरिया गाउपालिकाको नै अवस्ता यस्तै रहेको उनले बताए । यसरी किसान का खेतबारिमा पसि राती राति लगाएको अन्नबालि खाई दिदा २ र ४ कट्टा हुने किसानले टाउकोमा हात राखेर रुन पर्ने अवस्था आएको हो । दिनभरी घाम घाममा रोपेर आयो रातिभए पछि सबै गाई गोरुले सखाब पार्दा तनाब भएको अर्का किसान तथा संघर्ष समितीका अध्यक्ष चक्र बिष्टले बताए ।

बिहीबार बौनिया इलाका प्रहरी कार्यालय अगाडी पीडित कृषक संघश्र समितीले धर्ना दिएको हो । साथै समितिले छाडा चौपायालाई ब्यबस्थापन नभए सम्म कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । इलाका प्रहरी कार्यालय बौनियाका इन्चार्ज कलेन्द्र बिक्रम शाहीले माहोललाई शान्त पार्न लम्की र सुखड बाट थप प्रहरी मगाउन परेको बताए । शाहिका अनुसार अब यसलाई गाउपलिकाका अध्यक्ष ,वडा अध्यक्ष लगाएत स्थानिय सबै बसि सहमतिका आधारमा अगाडी बढ्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

चर्को पार्किङ शुल्क विवाद

भीमदत्तनगर, ४ साउन – भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज...

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

नक्कली सुन देखाएर ठगी गर्ने तीन पक्राउ

काठमाडौँ, ४ साउन – महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम नक्कली सुन देखाई ठगी गर्ने तीनजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले चावहिल, कोटेश्वर र कपन क्षेत्रमा नक्कली एक किलोग्रामको बिस्कुट र एक थान बेरुवा औँठी बेच्न हिँडेको अवस्थामा सिन्धुपाल्चोकका राज लामा,...

गौरीगञ्ज गाउँपालिकामा ‘फ्रि’ वाइफाइ सेवा

भद्रपुर, ४ साउन – झापाको दक्षिण क्षेत्रमा रहेको गौरीगञ्ज गाउँपालिकाले सर्वसाधारण जनतालाई सहज रुपमा इन्टरेनटमा पहुँच पुर्याउने उद्देश्यले निःशुल्क वाइफाइ सेवा शुरु गरेको छ । स्थानीयवासीलाई सूचना प्राप्त गर्न सजिलो होस् भन्ने उद्देश्यले परीक्षणको रुपमा यो सेवा शुरु गरिएको गाउँपालिकाका अध्यक्ष बाबुराजा...