Motivate News

शुल्क नबढाउन सिटिइभिटीलाई अखिल क्रान्तिकारीको १० दिने अल्टिमेटम, यस्ता छन् अन्य मागहरु 

असार २८ काठमाडौँ – अखिल क्रान्तिकारीले भर्नाको मुखमा आएर अभिभावकलाई मार पर्नेगरी शूल्क वृद्धि गर्न लागेको भन्दै रोक्न माग गरेको छ । उसले शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड बनाउनु पर्ने माग पनि गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको सिटिइभिटी क्षेत्रीय समन्वय समितिले विहीबार शुल्क फिर्तासँगै पाँच बुँदे मागपत्र बुझाएको छ । सिटिइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेलाई ज्ञापनपत्र बुझाउँदै शुल्क तत्काल नबढाउन र वैज्ञानिक मापदण्ड अवलम्वन गर्न माग गरिएको छ ।
संगठनका सिटिइभिटी संयोजक हर्कबहादुर बिकका अनुसार शुल्कसँगै छात्रवृत्ति कोटा बढाएर २० प्रतिशत पुर्याउन, मौका परीक्षाको व्यवस्था गर्न, मापदण्ड नपुगेका शैक्षिक संस्थाहरुलाई सम्बन्धन नदिन र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन गरी कारवाही गर्न पनि मा गरिएको छ ।
संयोजक बिकले हस्ताक्षर गरेको मागपत्रमा सिटिइभिटी निम्न मध्यम वर्गीय जनताका छोराछोरीले प्राविधिक शिक्षा अध्ययन गर्ने संस्था भएको तर केहि भ्रष्ट र शैक्षिक माफियाका कारण अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको बताइएको छ ।
“नेपालको शिक्षा क्षेत्रको प्राविधिकतर्फको महत्वपूर्ण संस्था सिटिईभीटी देशको निम्न मध्यम वर्गीय जनताका छोराछोरीले अध्ययन गर्ने संस्था हो । तर बिडम्बनाको कुरा, राज्यले नै शिक्षाको दायित्व ग्रहण गर्नुको साटो शिक्षालाई व्यापारिक वस्तुझंै बनाएकोले संस्था र राज्यमा बसेर आफ्नो स्वार्थ पुरा गर्ने केहि भ्रष्ट ब्यक्तिहरु र  शैक्षिक माफियाका कारण यो संस्था सधैं अपारदर्शिता र भ्रष्टाचारको अखडा बनिरहेको कुरा दुःखद छ । सिटिइभीटीको पारदर्शिता, प्राविधिक जनशक्ति उत्पादनमा प्रभावकारी भूमिकाको बढोत्तरी, निम्न मध्यम वर्गका जनताको पहुंचमा सिटिइभीटी हुनुपर्ने लगायत समग्र शैक्षिक प्रणालीको रुपान्तरणका निम्ति संघर्षरत हाम्रो संगठन अखिल (क्रान्तिकारी)द्वारा  तपशिलका विषयहरुमा यो मागपत्र पेश गरिएकोछ । यी मागहरुको सुनुवाइको निम्ति १० दिनको समयावधी उपलब्ध गराउदछौं । अन्यथा कडा संघर्षका कार्यक्रम गर्न बाध्य हुने जानकारी गराउँदछौं” मागपत्रमा भनिएको छ ।
यस्ता छन् पाँच बुँदेमाग 
१) शिक्षा मन्त्रालयले गठन गरेको  ‘शूल्क निर्धारण तथा छात्रवृत्तिमा अध्ययन गरेका विद्यार्थीलाई सेवामा लगाउने आधार सम्बन्धी समिति’को सिफारिसमा शिक्षा मन्त्रालयले सिटिईभिटी अन्तरगतका सबै कार्यक्रममा  शूल्क बढाउन गरेको नियोजित प्रस्तावप्रति खेद प्रकट गर्दछौं । साथै शुल्क वृद्धि रोक्न जोडदार माग गर्दछौं । शुल्क निर्धारणको लागि वैज्ञानिक मापदण्ड अवलम्वन गरि लागु गरियोस ।
२) हाल प्रदान गरिएका विभिन्न कार्यक्रम अन्तर्गतका १० प्रतिशत छात्रवृत्ति कोटा लक्षित वर्गका विद्यार्थीको पहुँचमा पुग्न नसक्नुका साथै अपर्याप्त भएकोले उक्त छात्रवृत्ति कोटामा पारदर्शी प्रक्रिया अपनाइयोस् । साथै छात्रवृत्ति कोटा २० प्रतिशत पु¥याउन जोडदार माग गर्दर्छौ ।
३) हालको परीक्षा प्रणालीले मौका परीक्षाको व्यवस्था नगरेको हुँदा हजारौं विद्यार्थी एक वर्षसम्म परीक्षाको लागि पर्खिनुपर्ने र यसबाट विद्यार्थीलाई व्ययभार पर्ने र समय खेर जाने भएका कारण विद्यार्थी मर्कामा पर्ने भएकाले अनिवार्य रुपमा मौका परीक्षाको व्यवस्था गरी तुरुन्तै लागू गरियोस् ।
४) मापदण्ड अनुसार आवश्यक पूर्वाधार लगायतका प्रक्रिया पूरा नगरेका शैक्षिक संस्थाहरुलाई पहँुचका आधारमा, प्रलोभनमा परेर सम्बन्धन दिन खोजिएकोप्रति आपत्ति प्रकट गर्दै यस्तो गरिएमा कडा संघर्षमा उत्रिन वाध्य हुनेछौं ।
५)  मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थाहरुलाई कडाईपूर्वक अनुगमन , नियमन र कार्वाही गर्न माग गर्दछौं ।
प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

चर्को पार्किङ शुल्क विवाद

भीमदत्तनगर, ४ साउन – भीमदत्त नगरपालिले चर्को पार्किङ शुल्क लगाएपछि भारतीय नम्बर प्लेटका चारपाङ्ग्रे सवारी साधन आजदेखि नेपाल भित्रिएका छैनन् । स्थानीयवासीले नेपाली चेकपोष्ट र भन्सार जाँचअघि नै नगरपालिकाले पार्किङ शुल्क लिन अनुमति दिएको भन्दै त्यसको विरोध गरेका छन् । विवादपछि आज...

उपचारका लागि देश बाहिर जानुपर्ने बाध्यता अन्त्य गरिने

काठमाडौँ, ४ साउन – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताउनुभएको छ । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उहाँले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...