Motivate News

४४ मुलुकबाट आयात मात्र , निर्यात शून्य

असार २९, काठमाडौं – मुलुकको वैदेशिक व्यापार विस्तार हुँदै एक सय ५२ भन्दा धेरै देशमा पुगिसकेको छ । एक लाखभन्दा तलको व्यापार गर्ने मुलुकको संख्या दर्जनौं छन् ।

वैदेशिक व्यापारको तथ्यांक हेर्दा चाख लाग्दो विषय के छ भने, नेपालले व्यापार गर्ने एक सय ५२ मुलुकमध्ये ४४ देशसँग दुईपक्षीय व्यापार छैन ।

अर्थात ४४ मुलुकबाट नेपालले आयात मात्र गरेको छ, निर्यात शून्य छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, त्यसो त सानो संख्यामा भए पनि नेपालले निर्यात मात्र गर्ने मुलुकको संख्या ११ छ ।

यसैमा अर्को रोचक तथ्य के छ भने, नेपालले आयात मात्र गर्ने मुलुकको संख्या बढिरहँदा र निर्यातमात्र हुने देशको संख्या घटिरहेको छ ।

प्रतिकृया दिनुहोस्

देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि आवेदन

साउन ४, काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिने क्रम पछिल्लो समयमा बढेको छ । देशका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ । सहज...

गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान

साउन ३, काठमाडौं  – गायिका आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।बुधबार नेपालका विभिन्न टीभीबाट एकसाथ प्रसारित कार्यक्रम जनतासँग प्रधानमन्त्रीमा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् । पहिलोपटक प्रधानमन्त्री...

इन्टरनेटमा कर वृद्धिको सर्वत्र विरोध

साउन २, काठमाडौं – सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि...

आठ अंकले घट्यो शेयर बजार

काठमाडौँ, १ साउन – आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज आठ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार शेयर बजार मापक नेप्से परिसूचक ८.०५ अंकले घटेर एक हजार २०४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गको शेयर मापन गर्ने...