Motivate News

इंग्ल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकटेले विजयी

असार २९, काठमाडौं – इंग्ल्याण्डसँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकटेले विजयी भएको छ । २ सय ६९ रनको लक्ष भारतले ४० ओभर १ बलमै २ विकेट गुमाएर भेट्टाएको हो । भारतलाई जिताउन रोहित शर्माले नटआउट १ सय ३७ रन बनाए भने विराट कोहलीले ७५ रनको योगदान गरे ।

१ सय १४ बल खेलेका रोहितले १५ चौका र ४ छक्का सहित  १ सय ३७ रन बनाए । रोहितले इग्ल्याण्डसँगको यसअघिको तेस्रो ट्वेण्टी ट्वेण्टी क्रिकेटमा पनि शतक बनाउँदै भारतलाई जिताएका थिए ।

पहिले ब्याटिङ गरेको इंग्ल्याण्डलाई सामान्य योगफलमा सिमित गर्न भारतका कुलदीप यादवले ६ विकेट लिए । १० ओभरमा उनले २५ रन दिंदै ६ विकेट लिएका हुन् । इग्ल्याण्डका जोस बलटरले ५३ र बेन स्टोक्सले ५० रन बनाए ।

तीन ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखला २–१ ले जितेको भारतले ३ एकदिवसीय क्रिकेटमा पनि १ शून्यको अग्रता लिएको हो । शृंखलामा भारत र इग्ल्याण्डले ५ वटा टेष्ट क्रिकेट पनि खेल्नेछन् ।

प्रतिकृया दिनुहोस्

रोनाल्डो किन सफल क्लब रियल मड्रिड छोडेर युभेन्टस गए ? यस्तो कारण

साउन ४, काठमाडौं  – रियल मड्रिडमा नौ वर्ष सफल बसाई बिताएर रोनाल्डो इटालियन क्लब युभेन्टसमा आवद्ध भएका छन् । रोनाल्डो किन सफल क्लब छोडेर युभेन्टस गए ? यसमा धेरै कारणहरु हुन सक्छन् । मेस्सीसँगको प्रतिस्पर्धा, खेल शैलीको परिवर्तनका लागि, भिन्न देशमा सफलताका...

ब्राजिलियन गोलकिपर एलिसनलाई कीर्तिमानी मूल्यमा लिभरपुलले अनुबन्ध गर्ने

साउन २,काठमाडौं – इंग्लिस क्लब लिभरपुलले एएस रोमाबाट खेल्दै आएका ब्राजिलियन गोलकिपर एलिसनलाई अनुबन्ध गर्ने भएको छ । यसका लागि इटालियन क्लब रोमा र लिभरपुलबीच ७५ मिलियन यूरोमा समझदारी भइसकेको छ । अब लिभरपुलका प्रतिनिधिले एलिसनसँग भेट्ने बताइएको छ । गोलकिपरका लागि बढी...

शक्ति गौचनद्वारा अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

साउन २, काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका भेट्रान खेलाडी शक्ति गौचनले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन । उनले नेदरल्याण्डस्विरुद्ध हुने पहिलो एकदिवसीय श्रृङ्खला करियरको अन्तिम खेल हुने बताए । लर्ड्समा हुने एमसीसी र नेदरल्याण्डस् सम्मिलित त्रिकोणात्मक श्रृङ्खला र नेदरल्याण्डस् विरुद्धको...

एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई अनाथ बालबालिकालाई सहयोग गर्ने

साउन २,काठमाडौं – रूस विश्वकपमा युवा फुटबलरको उपाधि जित्न सफल फ्रेन्च स्टार किलियन एम्बाप्पेले विश्वकपबाट आएको सबै कमाई एउटा च्यारिटी संस्थालाई दिने निर्णय गरेका छन् । जुन सस्थाले अनाथ बालबालिकालाई हेर्ने गर्छ । १९ वर्षे युवाले विश्वकपमा फ्रान्सका लागि चार गोल गरेका...