Motivate News

बाढीका कारण रोगको प्रकोप फैलन सक्ने भन्दै सतर्क रहन निर्देशन

असार २९, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी, पहिरो र डुबानबाट हुने स्वास्थ्य समस्या समाधानका लागि तयारी अवस्थामा रहन मातहतका निकायलाई निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले बाढी, पहिरो र डुबानबाट रोगको प्रकोप फैलन सक्ने भन्दै तयारी अवस्थामा रहन मातहतका सबै निकायलाई निर्देशन दिइएको जानकारी दिनु भएको हो ।

मन्त्रालयले विदामा नबसी बाढी, पहिरो र डुबान पीडितहरुलाई सहयोग गर्न पनि मातहतका कर्मचारीलाई सचेत गराएको छ । सहसचिव बुर्लाकोटीले वर्षाको यो विषम परिस्थितिमा अस्पताललगायतका अति संवेनदशील क्षेत्रमा बन्द, हडताल जस्ता कुनै पनि गतिविधि नगर्न पनि सचेत गराइएको स्पष्ट पार्नु भयो ।

स्वास्थ्य मन्त्रालयले विपदमा परेकाहरुलाई राहत दिन जिल्ला, जिल्लामा स्वास्थ्यकर्मी र औषधिको थप व्यवस्था गरिएको पनि जनाएको छ ।

मन्त्रालयले मातहतका सबै निकायमा पठाएको परिपत्रमा प्राकृतिक विपदका बेला नागरिकको सेवामा नजुटने कर्मचारीलाई कारबाही गर्ने चेतावनी पनि दिइएको छ ।

प्रतिकृया दिनुहोस्

जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य हुन्छ – स्वास्थ्यमन्त्री यादव

 साउन ४, काठमाडौं  – उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनतालाई देश बाहिर उपचार गर्न जानुपर्ने बाध्यता अन्त्य गरिने बताएका छन् । आज बिएण्डबी अस्पतालमा आयोजित कार्यक्रममा उनले स्वदेशमा रहेका सरकारी र निजी अस्पतालले जनतालाई सुविधासम्पन्न र गुणस्तरीय सेवा सुलभ रुपमा...

डा. केसीको अनसन निरन्तर,समर्थनमा आज १ घण्टा डाक्टरले काम नगर्ने

साउन ४, काठमाडौं  – डाक्टर गोविन्द केसीको समर्थनमा डाक्टरले आज अस्पताल परिसरमा एक घण्टा विरोधका कार्यक्रम गर्ने भएका छन् । कार्यालय समयमा आज एक घण्टा अस्पतालमा परिसरमा विरोधका कार्यक्रम गर्ने र आकस्मिकबाहेकमा एक घण्टा सेवा नदिइने नेपाल चिकित्सक संघले जनाएको छ ।...

भृकुटीमण्डपमा आजदेखि इक्यान शैक्षिक मेला शुरु

साउन ३, काठमाडौं  – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १२औँ शैक्षिक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । मेलाको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेका हुन् । उनले विदेशमा नेपाली विद्यार्थीलाई पढाउन पठाए जस्तै नेपाललाई पनि विदेशी विद्यार्थीका लागिसमेत शैक्षिक गन्तव्य बनाउन...

विरामीको जीवनमाथि खेलवाड गरेको भन्दै वीर अस्पतालमा प्रर्दशन

साउन ३,काठमाडौं–सेवाग्राहीहरुले अस्पतालको सबै सेवा सूचारु गराउन माग गर्दै वीर अस्पतालमा प्रर्दशन गरेका छन । बिहिबार विहानै अस्पताल पुगेका उनीहरुले बिरामीको स्वास्थ्यमाथि खेलबाड गर्ने काम चिकित्सकहरुले गरिरहेकोमा आपत्ति जनाउँदै तत्काल सबै सेवा सुचारु गराउन माग गरेका हुन् । विरामी र विरामी कुरुवाहरुले...