Motivate News

भारतीय राजदूतले भेटे गृहमन्त्री थापालार्इ, के के भयो कुराकानी ?

असार २९, काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले बिहीबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रित रहेको थियो ।

गृहमन्त्री थापाले नेपालका विविध क्षेत्रका साथै सुरक्षा निकायको तालीम र भौतिक सामग्रीमा भारतले गर्दै आएको सहयोगप्रति राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भारत सरकारको सहयोगमा काभ्रेमा बन्न लागेको नेपाल प्रहरीको तालीम केन्द्र छिटो निर्माण हुने वातावरण बनाउन भारतीय राजदूतलाई आग्रह गर्नुभयो ।

यस्तै, खुला सिमानाको फाइदा उठाउँदै हुने मानव तस्करी, सुन तस्करी, लागुपदार्थको ओसारपसारलगायतका अपराधविरुद्ध भारत सरकारको सहयोगका लागि आग्रह गर्दै गृहमन्त्री थापाले यस्ता अपराधविरुद्ध दुई देशको संयुक्त सहकार्य आवश्यक रहेकामा जोड दिनुभयो । जवाफमा राजदूत पुरीले यस्तो सहयोग गर्न भारत तयार रहेको बताउनुभयो ।

राजदूत पुरीले नेपाल प्रहरीको तालीम केन्द्र निर्माणकार्यको विषयलाई आफूले प्रमुख प्राथमिकतामा राखेको भन्दै योसम्बन्धी कार्य अघि बढिसकेको जानकारी दिनुभयो । भेटमा उहाँले गृहमन्त्री थापालाई भारत भ्रमणका लागि आग्रहसमेत गर्नुभयो ।

प्रतिकृया दिनुहोस्

विद्युत् पुगेपछि गाउँकै नाम ‘कुलमान घिसिङ चोक’

झापा, ४ साउन – झापाको दुई नगरपालिकाको बीचमा अवस्थित एक गाउँको नाम ‘कुलमान घिसिङ चोक’ नामाकरण गरिएको छ । मुलुकबाटै विद्युत्भार कटौती गर्ने महाअभियनमा लागेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नाममा कनकाई–४ र शिवसताक्षी–१० को बीचमा पर्ने टेक्रा गाउँवासीले...

पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

जाजरकोट, ४ साउन – अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु...

संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक : सभामुख महरा

काठमाडौँ, ४ साउन – सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउनुभएको छ । जनसंख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्चले आज यहाँ आयोजना गरेको ‘संविधान कार्यान्वयन संघ र प्रदेशबीचको अन्तरसम्बन्ध र दिगो विकास’ सम्बन्धी अन्तक्र्रियामा उहाँले संविधान कार्यान्वयनका...

गृहमन्त्रालयले फेरी भन्यो : यातायात समिति नवीकरण हुन्न

साउन ४,काठमाडौँ -सरकारले यातायात समितिको नवीकरण नगर्ने स्पष्ट पारेको छ । सार्वजनिक यातायातमा सुधार ल्याउन सिन्डिकेट खारेज गर्ने यसअघिको निर्णय अनुसार साउनबाट विभिन्न नाममा समितिमा दर्ता भएका यातायात व्यवसायी समिति तथा संघहरुको नविकरण नगर्ने भएको हो । गत असार ३१ गते गृहमन्त्री,...