Motivate News

मेरो दाई हो’ भन्दै सांसद नविना लामाले छाड्न दवाव दिएपछि गुण्डा नाइके दावाका सहयोगी सत्यमान छुटे

काठमाडौँ । प्रतिनिधि सभाका सांसद नविना लामाको दबाबमा गुण्डा नाइके दावा लामाका सहयोगी रिहा भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नविना लामाको दबाबपछि दावाका सहयोगी सत्यमान लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंले रिहा गरेको हो ।

दावा लामाको सहयोगीका रूपमा काम गर्दै आएका सत्यमान लामाले लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबार गरेको भन्दै उजुरी परेपछि काडमाडौं प्रहरीले बिहीबार बिहान उनलाई पक्राउ गरेको थियो । बिहीबार बिहान काठमाडौंको बालुवाटारबाट पक्राउ परेका लामा साँझ नविना लामाको दबाबपछि छुटेको हुन् । दावा लामा नेपाल प्रहरीको ‘क’ वर्ग गुण्डाका सूचीमा रहेका छन् ।

एक प्रहरी सिनियर अधिकृतका अनुसार सांसद नविना लामाले ‘मेरो दाइ हो’ भन्दै छाड्न दबाब दिएपछि रिहा गरेका बताए । ‘प्रतिनिधिसभाका सांसद नविना लामाको जमानीमा रिहा गरेका छौँ’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले भने, ‘म्याद थप गरे पनि हाजिर जमानीमा अनुसन्धान गर्ने कानुनी व्यवस्था अनुसार नै सत्यमान लामालाई रिहा गरिएको हो ।’

काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानमाथि गतबर्ष काभ्रेको सिपालीका किसानको माला लुटपाट गरेको आरोप लागेको थियो । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो । त्यस्तै सत्यमानविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको समेत काठमाडौं प्रहरीमा उजुरी छ ।

प्रतिकृया दिनुहोस्

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, ३१ असार – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्छ – उपप्रधानमन्त्री पोखरेल

असार ३१, काठमाडौं – उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताउनुभएको छ । काठमाडौँ जिल्लाको दोस्रो जिल्ला सभाको उद्घाटन समारोहमा आज उहाँले जनताबाट निर्वाचित जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्नेमा जोड दिँदै विरोधका...

आज शेयर बजारमा सकारात्मक प्रभाव, बढ्यो आठ अंकले

असार ३१, काठमाडौं – बीमा, होटल, जलविद्युत् र उत्पादन समूहको शेयर कारोवार उकालो लागेपछि आज शेयर बजारमा सकारात्मक प्रभाव परेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज शेयर मापक नेप्से परिसूचक ८.११ बिन्दुले बढेर एक हजार २०० बिन्दुमा पुगेको छ । यस्तै...

चन्द्रागिरिमा प्रधानमन्त्रीले समृद्धिका स्वर सुनेपछि…

असार ३१, काठमाडौं – “सिङ्गो विश्व अटाउने प्रकृतिको होला तथागत् कहाँ रु देख्दैछौ किन जिन्दगी भन युवा के छैन नेपालमा रु” प्रदेश नं १ का कवि टीका आत्रेयले कविता वाचन गर्न थाल्नुअघि नै चन्द्रागिरिको भालेश्वरको काँखमा रहेको सभाहल काव्यिक गुञ्जन सिञ्चन भइसकेको...