थप ६ जनामा कोरोना पुष्टि

शनिबार, ३ जेष्ठ २०७७

काठमाडौं – नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले थप ६ जना संक्रमित थपिएको पुष्टि भएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षण थप ६ जनामा संक्रमण पुष्टि भएको हो । उनीहरु बर्दिय, सिराह, वीरगन्ज, चितवन र सर्लाहीका भएको मन्त्रालयले जनाएको छ ।

यो संगै संक्रमितको संख्या २७३ पुगेको छ।